कुपोषणले घट्यो जीडीपी’

564 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं÷रास– कुपोषणको कारणले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ११ प्रतिशत घटेको सरोकारवालाहरूलेजनाएका छन् ।राष्ट्रिय योजना आयोगले सोमबार गरेको कुपोषण र खाद्य सुरक्षा सम्बन्धी कार्यक्रममा सो जानकारी दिइएको हो । नेपाललगायतका विकासोन्मुख राष्ट्रहरूमा कुपोषणको कारणले ११ प्रतिशतसम्म जीडीपी घटेको उल्लेख गर्दै कुपोषणलाई स्वास्थ्यसँग मात्र जोड्न नहुने बताए राजधानी दैनिकले खबर लेखेको छ ।

images (5)‘कुपोषण समस्या बहुक्षेत्रसँग जोडिन्छ, कुपोषणको भए आर्थिकसँगै सामाजिक र राजनीतिक क्षेत्रमा पनि असर पर्ने अध्ययनले देखाएको छ,’ उनले भने ।

राष्ट्रिय योजना आयोगको राष्ट्रिय कुपोषण तथा खाद्य सुरक्षा सचिवालयले ‘सुनौला १ हजार दिन’ नामक अभियान सुरु गरी कुपोषण अन्त्य गर्ने लक्ष्य राखेको छ भने सरकारले बहुपक्षीय पोषण कार्यक्रमसमेत अघि बढाएको छ । नेपालमा अहिले पनि पाँच वर्षमुनिका प्रति १ सय बालबालिकामध्ये ४१ प्रतिशतमा कुपोषण रहेको अध्ययनले देखाएको छ ।

विश्वभरको अध्ययनमा बाल मृत्युदरमध्ये ४५ प्रतिशत कुपोषणका कारणले हुने देखाइएकाले नेपालजस्तो विकासोन्मुख मुलुकमा ५० प्रतिशत बालबालिका कुपोषणका कारण मृत्यु हुने गरेका छन् । कुपोषणका कारण बालबालिकाको शारीरिक अवस्थामा हुने वृद्धिले आर्थिक आयआर्जनमा समस्या पर्नुका साथै त्यसका लागि राज्यको खर्चसमेत बढ्ने भएकाले यसले आर्थिक क्षेत्रमा समेत असर पर्ने विज्ञहरूको तर्क छ ।