रिलायन्सको १६ औँ अभिभावक दिवस

533 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

माधव अधिकारी
काठमाडौँ- बुढानिलकण्ठ—१२, कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीकोे १६ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।सो अवसरमा उत्कृष्ट शिक्षक विद्यार्थीलाई सम्मानित गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिको पूर्व शिक्षा सचिव किशोर थापाले रिलायन्सको शैक्षिक प्रगति र उपलब्धि उल्लेखनीय रहेको बताउँदै भविष्यमा यसका विद्यार्थीहरू राज्य र समाजको अगुवाई गर्न सक्ने उच्च ओहदामा पुगेको देख्न चाहेको बताए ।
Reliance_2विद्यालयका प्रिन्सिपल खेमलाल भुसालले स्वागत मन्तव्यका साथै विद्यालयको सम्पूर्ण गतिविधि र उपलब्धिसहितको प्रगति विवरण प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले नृत्य, गीत लगायतका रोचक प्रस्तुतिहरू गर्नुका साथै अन्य अतिथि र अभिभावले मन्तव्य प्रस्तुत गर्नुभएको थियो । संस्थाका कार्यकारी अध्यक्ष रविन्द्रजंग थापाको सभापतित्वमा सम्पन्न समारोहका विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार शिवभक्त जोशी थिए ।
समारोहमा सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन तथा नृत्य र सङ्गीत मार्फत् विद्यार्थीहरूले अभिभावकवर्गलगायत उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराएका थिए । हास्यकलाकार राजा राजेन्द्रको हाँस्यव्यङ्ग्यात्मक प्रस्तुत गरेका थिए । कार्यक्रममा वर्षभरि विविध अतिरिक्त क्रियाकलापका उत्कृष्ट सहभागी तथा खेलकुद प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरियो भने वागमती सफाइ अभियानमा लगातार ४१ हप्तासम्म उपस्थित भएर उक्त अभियानमा विद्यालयका विद्यार्थी एवं शिक्षकहरूको समेत नेतृत्व गर्दै आउनुभएका माध्यमिक शिक्षक राम तपस्याकुमार साहलाई प्रशंसा—पत्र र खादाद्वारा सम्मानित गरिएको थियो ।