अनेरास्ववियु धादिङको अध्यक्षमा पुन : सन्तोष निर्वाचित

898 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0655नलाङ-नेकपा एमाले समर्थित बिद्यार्थी संगठन अनेरास्ववियु धादिङको अध्यक्षमा पुन : सन्तोष राना क्षेत्री निर्वाचित हुनु भएको छ । शुक्रवार धादिङको नलाङमा सम्पन्न भएको संगठनको २३ औं जिल्ला सम्मेलनको वन्द सत्रले क्षेत्रीलाई आगामी २ बर्षका लागि पुन : अध्यक्षमा चयन गरेको हो ।
सम्मेलनबाट सर्व सम्मतीमा चयन गरिएको २५ सदस्यिय जिल्ला कार्य समितिको उपाध्यक्षमा सुधिर विसुराल,सचिवमा दोलख गुरुङ, सह सचिवमा सुमित्रा राना मगर,विबेक अर्याल र भुवन श्रेष्ठ,कोषाध्यक्षमा रक्तिम रेग्मी चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा श्यामकुमार लामा,कल्याण अधिकारी,रेशम श्रेष्ठ,धनवहादुर गुरुङ,सिर्जना खनाल,प्रल्हाद अधिकारी,सीताराम तिवारी,तारावहादुर मगर लगायत रहेका छन । शुक्रवार नलाङको सिद्धेश्वर उच्च माविमा नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सम्मेलनको उदघाटन गर्नुभएको थियो ।