सल्यानटारमा विमानस्थल वनाउन माग

891 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सगुन त्रैमासिकको विमोचन र कलाकुञ्ज डटकमको शुभारम्भ

DSC_0747धादिङ,२३ फागुन – धादिङको सल्यानटारमा बैकल्पिक अन्र्तराष्ट्रिय विमान स्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न नेपाली कांग्रेस धादिङका सभापती एवम पुर्व सांसद रामनाथ अधिकारीले सरकारका प्रवक्ता एवम सूचना तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजाललाई लिखित आग्रह गर्नु भएको छ । शनिवार धादिङको सदरमुकाम धादिङबेसी आईपुग्नु भएका मन्त्री रिजाललाई धादिङवासीको तर्फवाट आग्रह पत्र बुझाउंदै अधिकारीले १३ किलोमिटर लम्वाई र ३ किलो मिटर चौडाईमा फैलिएको धादिङको सल्यानटारमा विमानस्थल निर्माण गर्न सकिने तर्फ सरकारको ध्यानाकर्षण गराउनु भएको हो । सल्यानटार बहुचर्चित १२ सय मेगावाटको प्रस्तावित बुढिगण्डकी जल बिद्युत्त आयोजनाको छेउमा रहेको देशकै ठुृला मध्येको टार हो । धादिङबासीले राखेका मागका बिषयमा अव वस्ने मन्त्री परिषदको बैठकमा छलफलका लागि पेश गर्ने मन्त्री रिजालले वताउनु भएको छ ।
DSC_0770नेपाली कांग्रेसका नेता समेत रहनु भएका मन्त्री रिजालले कांग्रेस पार्टीको भात्तृसगठन नेपाल बिद्यार्थी संघ र नेपाल महिला संघ धादिङको कार्यक्रमलाई शनिवार सम्वोधन गर्नु भयो । संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा सम्वोधन गर्दै उहांले भन्नु भयो –लोकतन्त्रका लागि प्रक्रिया भन्दा ठुलो केही नहुने भएकाले मधेशवादी दल र एमाओवादीलाई वाहिर राखेर संविधान निर्माण गर्न नेपाली कांग्रेसले कहिल्यै चाहेको छैन ।
संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुले जनमतका आधारमा संविधान निर्माण प्रक्रियामा सहभागिता जनाउनु पर्ने मन्त्री रिजालले वताउनु भयो । नेपाली कांग्रेसका नेता समेत रहनु भएका मन्त्री रिजालले शनिवार धादिङबेसीमा नेपाल बिद्यार्थी संघ धादिङद्धारा प्रकाशित सगुन त्रैमासिक पत्रिकाको विमोचन तथा नेपाल महिला संघ नीलकण्ठ नगर कमिटीको प्रथम भेलालाई सम्वोधन गर्दै संविधान निर्माणका बिषयमा देखिएका असहमती लडाईबाट होईन सम्वाद र छलफलबाट टुृंगो लगाउन सकिनेमा जोड दिनु भएको हो । संविधान सभा मार्फत संविधान वनाउने बिषयमा १२ बुंदे सम्झौतामा हस्ताक्षर गरेको एमाओवादी अहिले आंफैले सहमती तोडेर त्यसको दोष अरु दलमाथि थोपर्न लागि परेको पनि मन्त्री रिजालले वताउनु भयो । नेपाली कांग्रेस र एमाले लगायतका दल १२ बुंदे सम्झौता कार्यान्वयनमा रहेपनि सम्झौता तोड्ने तर्फ एमाओवादी लागिरहेको उहांको आरोप थियो । शान्तिपूर्ण, लोकतान्त्रिक र बैधानिक प्रक्रियावाट संविधान निर्माण गरिनेछ भने १२ बुंदेमा सम्झौता भएकाले अहिले एमाओवादीलाई त्यो सम्झौता निल्नु र ओकल्नु बन्न पुगेको मन्त्री रिजालले वताउनु भयो ।
वार्ता र सम्वाद वाट समाधान खोज्नु पर्छ भन्नेमा सरकार र नेपाली कांग्रेस प्रतिबद्ध रहेपनि एमाओवादीमा रहेको सर्वसत्तावादी सोचले गर्दा समस्या बढ्दै गईरहेको पनि मन्त्री रिजालको भनाई थियो । दोश्रो जनआन्दोलनका वेला २०६३ बैशाख ७ गते कलंकीमा प्रहरीको गोली लागेर शहादत प्राप्त गरेका सगुन ताम्राकारको सम्झनामा नेपाल बिद्यार्थी संघले शैक्षिक गतिविधि तथा समसामयिक राजनैतिक बिषयवस्तुलाई समेटेर त्रैमासिक बुलेटिन प्रकाशन आरम्भ गरेको नेविसंघ धादिङका अध्यक्ष इश्वर अधिकारीले जानकारी दिनु भयो । शहादत हुनुअघि १६ बर्षिय ताम्राकार धादिङको खानीखोला स्थित मच्छिन्द्र उच्च माविमा अध्ययनरत थिए ।
DSC_0767पत्रिका विमोचन संगै मन्त्री रिजालले धादिङवाट संचालित कलाकुञ्ज अनलाईनको पनि शनिवार शुभारम्भ गर्नुभएको छ । कला मिडिया प्रा.लि.द्धारा संचालित कलाकुञ्ज डट कमको सम्पादकमा शिव सिल्वाल रहनु भएको छ । पत्रिका विमोचन संगै मन्त्री रिजालले शहिद सगुन ताम्राकारका आमा जया ताम्राकारलाई नेविसंघ धादिङको तर्फवाट सम्मान गर्नु भएको थियो ।