बम आक्रमणमा ३३ जना मारिए

549 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

boko_harma_attacke_nigeria_114461703नाइजेरिया : नाइजेरियाको उत्तरपूर्वी भागमा शनिबार विभिन्न स्थानमा भएको बम आक्रमणमा कम्तीमा ३३ व्यक्तिको मृत्यु भएको छ ।  सो बम हमालामा बोको हराम समूह संलग्न रहेको बताइएको छ ।

शनिबार भएको पहिलो आक्रमण बागा माछाबजारमा एक महिला आत्मघाती बम आक्रमणकारीले बिहान ११: २० बजे गरेको बोर्नो राज्यको माछाव्यापारी सङ्घका प्रमुख अबुबाकर गामान्दीले बताए ।

उनले एक महिला आत्मघाती बम आक्रमणकारी मोटरयुक्त रिक्साबाट ओलिएपछि विस्फोट भएको बताए । उक्त समयमा उनी घटनास्थलमै थिए । उनले अठार व्यक्तिको मृत्यु भएको जानकारी दिएयो ।

उक्त कुरालाई माइदुगुरी अस्पतालका एक नर्सले पनि पुष्टि गरिन् । घटनामा पीडित प्रायः सबैलाई उक्त अस्पताल लगिएको थियो । यसको एक घण्टापछि अर्को बम लोकप्रिय ‘मन्डे मार्केट’मा भएको थियो । त्यहाँ १५ व्यक्तिको मृत्यु भएको जानकारी गामान्दी तथा नर्सले दिइन् ।

दोस्रो बम आक्रमण पनि आत्मघाती आक्रमणकारीले नै गराएको भन्ने विषयमा पुष्टि भएको छैन । गामान्दीले हालसम्म दुई घटनाका कम्तीमा ३३ शव देखिएको बताए । उनले यो सङ्ख्या बढ्नसक्ने अनुमान गरे ।

यी दुई आक्रमणका विषयमा बोर्नोको न्याय आयुक्त काका सेहुले पनि पुष्टि गरेयो । उनले उद्धारकर्मीले आफ्नो काम सम्पन्न नगरेसम्म मृतकको सङ्ख्या बताउन अस्वीकार गरे । दिउँसोको एक बजेपछि सेहुले बोर्नो एक्सप्रेस बस बिसौनीमा पनि विस्फोट भएको जानकारी दिए । उक्त घटनामा मर्नेको सङ्ख्या दिइएको छैन ।

यस क्षेत्रमा चार मुलुकले गत महिनाको आरम्भदेखि बोको हराम विद्रोहीमाथि सफलतापूर्वक कारवाही गरिरहेका छन् र विश्लेषकहरूले यस समूहले नागरिक क्षेत्रमा आक्रमण गरी यसको बदला लिने अनुमान गरेका छन् । एजेन्सिलाई उद्धृृत गर्दै अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।