पतिले नै यौन धन्दामा लाग्न बाध्य बनाएपछि…

395 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखराको कस्मेटिक पसलमा रमाइरहेकी युवती । एक युवकसँगको अप्रत्यासीत भेट । निरन्तरको भेटले उनीहरुबीच झाँगिएको माया । त्यो मायाले फेरेको बिहेको रुप । त्यसपछि निरन्तर धोकै धोका ।
कुनै फिलमको प्लटजस्तै लाग्ने यो सत्यकथा पोखराकी एउटी युवतीको हो । वितेका एक वर्षभित्र उनले जे भोगिन्, त्यो पत्याउनै नसकिने खालको  छ । बिहेको बहानामा उनलाई युवकले आर्थिक र शारीरिक शोषणमात्रै गरेनन्, जबरजस्ती यौनधन्दा गर्नसमेत बाध्य पारे ।
पत्नी बनाएर नाटक गर्ने ताप्लेजुङका २६ वर्षीय प्रताप सेलिङ लिम्बु अहिले प्रहरी खोरमा छन् । युवती न्याएको भिख माग्दै माइती नेपाल काँकडभिट्टामा आश्रयमा छिन् । ‘सुरुमा उसले आफ्नो घर पोखरानै बतायो,’ युवतीले पीडा सुनाइन्, ‘आफु हङकङ लाहुरेको छोरा भनेर ढाँट्यो ।’ युवती पनि उनका झुटो कुराबाट मख्ख भइन् । उनले हङकङ लाहुरेको बुहारी बन्ने सपना देख्न थालिन् ।
यी दुईको प्रेम सम्बनध बढेर बिहेमा परिणत भयो । बिहे गर्ने भएपछि मज्जाले चलिरहेको पसल युवतीले बेचिन ।
विर्तामोडमा पनि करिब महिना दिन जति डेरामा बसेर उनीहरु कााकडभिट्टा  आए । यहाँ पनि डेरामै बसे लिम्बुले उनलाई स्थानीय एक होटलमा यौनधन्दाका लागि भर्ना गरिदिए ।
कान्तिपुर दैनिकबाट