नेकपा एमाले धादिङ ३ को अध्यक्षमा बालकृष्ण आचार्य निर्वाचित

712 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11017199_842580152493172_8698840086865036038_nबैरेनी-नेकपा एमाले धादिङ ३ नम्बर क्षेत्रीय कमिटीको अध्यक्षमा बालकृष्ण आचार्य निर्वाचित हुनु भएको छ । शनिवार बैरेनीमा सम्पन्न भएको क्षेत्रीय अधिबेशनवाट अध्यक्ष पदका प्रत्याशि निवर्तमान अध्यक्ष बच्चुराम उप्रेतीलाई पराजित गर्दै आचार्य निर्वाचित हुनु भएको हो । अधिवेशनले ४२ सदस्यिय क्षेत्रीय कमिटीको चयन गरेको छ । नव निर्वाचत क्षेत्रीय कमिटीको उपाध्यक्षमा रुद्र पाठक, सचिवमा अर्जुन अर्याल,सह सचिवमा श्रीराम थपलिया चयन हुनु भएको छ । यसैगरी दुई जना महिला सदस्यका लागि भएको निर्वाचनले निरु खरेल र शिखा रिजाललाई निर्वाचित गरेको छ भने खुल्ला तर्फ महिला सदस्यमा गंगा विसुराल निर्वाचित हुनु भएको वताईएको छ ।
uml 3 adhibesan क्षेत्रीय कमिटीका अध्यक्ष बच्चुराम उप्रेतीको अध्यक्षता एवम नेकपा एमालेका पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको क्षेत्रीय अधिबेशनको उदघाटन समारोहलाई नेकपा एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष एवम पार्टीका पोलिटव्युरो सदस्य डाक्टर पुष्प कंडेल,धादिङ जिल्ला कमिटीका पुर्व अध्यक्ष एवम क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद वुर्लाकोटी,राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नेत्रराज पौडेल, जिल्ला कमिटीका अध्यक्ष भुमि त्रिपाठी लगायतका नेताहरुले सम्वोधन गर्नुु भएको थियो ।