यसरी गरिन्छ विदेशमा काम गर्न जाने कामदारको स्वाथ्य परिक्षण ?

801 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

helth-checkगएको एक महिना नबित्दै गत पुष १७ मा नेपालगन्जका अंकित गौतम मलेसियाबाट फर्किए । फर्किनुको कारण स्वाथ्य परीक्षण असफल हुनु थियो । जानुअघि चक्रपथस्थित समानान्तर पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गराउँदा उनी ठीक थिए ।

विदेश पठाउने अविचल ओभरसिजले उनलाई उक्त पोलिक्लिनिकबाट बायोमेट्रिक स्वास्थ्य परीक्षण गराएको थियो । मलेसियामा फोमेमा नामक संस्थाले स्वास्थ्य परीक्षण गर्दा समस्या देखियो । उसले ‘अयोग्य, कृपया थप कारबाहीका लागि अध्यागमन जान’ निर्देश ग¥यो ।
अंकितको राहदानी नम्बर ०६९१५१८४ सहितको स्वास्थ्य परीक्षण रिपोर्ट फोमेमाको अनलाईन रिजल्टमा उपलब्ध छ । नेपाल स्वाथ्य व्यवसायी महासंघक वरिष्ठ उपाध्यक्ष सीताराम रेग्मीका अनुसार स्वास्थ्यमा कारण फर्किने कामदारको संख्या बढिरहेको बताए । ‘रगत निकाल्छन्, तर परीक्षण गर्दैनन्’ उनले भने, ‘त्यत्तिकै निरोगिताको प्रमाणपत्र जारी गर्छन ।’
उनीहरुको दोस्रो जालसाजी छ , कम्तीमा ५ जनाको रगत वा सेरम एकै ठाउमा मिसाएर परीक्षण गर्ने । एक व्यवसायीका अनुसार सामूहिक रगतमा कुनै रोग भेट्टिए दुई समूहमा विभाजन गरी परीक्षण गरिन्छन् ।
कान्तिपुर दैनिकबाट