फेसबुकमा कसैले ट्याग गरेर हैरान पारेको छ ? यसो गर्नुस्

684 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

13527381_h22199381आफ्ना तस्वीरहरुलाई धेरै फेसबुके साथीसँग सिधै शेयर गर्ने निकै सजिलो माध्यम हो फेाटो ट्यागिङ । तर यो फिचर धेरै फेसबुक प्रयोगकर्ताका लागि टाउको दुखाइको विषय समेत बनेको छ । आफुसँग सरोकार नै नरहेको, अनावश्यक, आपत्तिजनक वा असान्दर्भिक तस्वीरहरुमा समेत कसैले आफुलाई ट्याग गरिदिँदा वित्थामा अपजस तथा दुख वा लज्जा समेत भोग्नुपर्छ कहिलेकाहीँ ।

अरुले फोटो ट्याग गरेर हैरान पार्ने गरेको छ र त्यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने त्यसको उपाय छ । तपाइँले आफुलाई अरु कसैको तस्वीरमा ट्याग हुनबाट बचाउन सक्नुहुन्छ । त्यसका लागि फेसबुकको अटोट्यागिङ फिचरलाई निस्तेज पार्ने विधि यस्तो छ-face book

१. फेसबुकको सेटिङ परिवर्तन गर्नका लागि आफ्नो फेसबुक अकाउण्ट लगइन गरिसकेपछि दाया भागको माथि पट्टि डाउन एरोमा क्लिक गर्नुहोस् । त्यसपछि सेटिङ अप्सन सेलेक्ट गर्नुप्र्छ ।

२. सेटिङ अप्सनमा क्लिक गरिसकेपछि देखापर्ने पेजको बायाँपट्टि केही अप्सनहरु देखापर्छन् । ती अप्सनमध्ये टाइमलाइन एण्ड ट्यागिङ अप्सनमा क्लिक गर्नुहोस् ।

३. टाइमलाइन एण्ड ट्यागिङमा क्लिक गरिसकेपछि ३ वटा अप्सनहरु देखा पर्छन् । त्यसमध्ये तेश्रो अप्सन How can I manage tags people add and tagging suggestions  मा जानुहोस् । उक्त अप्सनमा समेत तिनवटा विकल्प हुन्छन् । त्यसमध्ये Who sees tag suggestions when photos that look like you are uploaded  नामक अप्सनको दायाँपट्टि रहेको Edit  लिंकमा क्लिक गर्नुहोस् ।

४. त्यसपछि विस्तृत विवरण सहितको पेज देखा पर्नेछ । त्यहाँ रहेको अप्सनमध्ये ] No-one  अप्सन छनोट गर्नुहोस् । त्यसपछि दायाँपट्टि माथिल्लो भागमा रहेको क्लोज अप्सनमा क्लिक गर्नुहोस् । अब सेटिङ परिवर्तन भएर No-one सुरक्षित हुनेछ ।

तत् पश्चात तपाइँ आफ्नो फेसबुकको मुख्य वालमा गएर काम गर्न सक्नुहुन्छ । तपाइँलाई अब कुनै साथीको तस्वीर ट्याग गर्न खोज्दा तपाइँको नाम उसको ट्यागिङ अप्सनमा देखा पर्नेछैन । यसबाट तपाइँ अनावश्यक ट्यागिङबाट बच्नुहुनेछ ।