धादिङ जिल्ला प्रशासनमा सिसी क्यामेरा जडान

795 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_3370धादिङ- जिल्ला प्रशासन कार्यालय धादिङमा कुनै काम बिशेषले जांदै हुनुहुन्छ भने सचेत रहनु होला । कानून वमोजिम हुन नसक्ने कामका लागि गैर कानूनी प्रयास गर्नु भयो भने तपाई तत्काल पक्राउ पर्नुहुने छ । प्रशासन कार्यालय भित्र हुने हरेक कृयाकलापलाई अब भिडियो अभिलेख बनाएर राख्न शुरु गरिएको छ । कार्यालयमा पुग्ने सेवाग्राही र सेवाप्रदायकको सुक्ष्म निगरानी गर्र्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाएको छ । जिल्ला प्रशासन कार्यालय धादिङबाट प्रवाह हुने सेवा सुविधालाई सहज वनाई सेवाग्राहीको गुनासा न्युनिकरण तथा भ्रष्टाचार नियन्त्रणका लागि प्रशासन कार्यालयमा सिसी क्यामेरा जडान गरिएको हो ।
कार्यालयको सबै शाखाहरुबाट प्रवाह हुने सेवा सुविधामा सर्वसाधरणले कुनै किसिमको ढिलासुस्ती र अन्य कठिनाई भोग्नु परे नपरेको वारेमा अनुगमन गर्न सिसि क्यामेरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वताउनु भयो । प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालयको सेवाग्राहीहरुको भिडभाड हुने क्षेत्र र कार्यालय भित्रका अन्य शाखाहरुमा समेत गरी ९ स्थानमा क्यामेरा जडान गरी संचालनमा ल्याईएको छ । सिसि क्यामेरा संचालनमा आएपछि सेवाग्राहीले गर्ने गरेका गुनासाहरुको वारेमा सुक्ष्म अध्ययन गरी कार्यालयवाट प्रवाह गर्ने सेवा सुविधालाई पारदर्शी र सबैका लागि सहज वनाउन सहयोग पुग्ने वताईएको छ ।
क्योमरा जडानका लागि जिल्ला विकास समिति धादिङले सहयोग गरेको हो । जिल्ला प्रशासन कार्यालय अघि धादिङ जिल्ला विकास समितिको कार्यालयमा पनि सिसि क्यामेरा जडान गरिएको छ ।