अब अन्जु पन्तको नयाँ स्वर सुन्न नपाउने

597 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाली सुगम संगीतमा १० वर्षदेखि अञ्जु पन्तकै दबदबा छ । आधुनिक गीतदेखि फिल्मीे पाश्र्व गायनसम्म उनकै सुरिलो स्वर सुनिन्छ । नेपाली गीतका श्रोता सबैलाई थाहा छ, धेरै विरहका भाका अञ्जुकै हुन्छ । स्वास्थ्य समस्याले उनलाई धेरैपल्ट विरही बनाएको छ । गायिका पन्तले स्वास्थ्य समस्याका कारण भोगेका पीडा स्वास्थ्य खबरपत्रिकासँग यसरी बाँडिन्  :

स्वरमा समस्या

‘नबिर्सें तिमीलाई’, ‘तिम्ले पराई ठानेपछि’ जस्ता गीत हिट भइरहेका थिए । आफ्नो करियरमा सफलता मेरो नजिकै पुगिसकेको थियो । फिल्मदेखि सुगम संगीतसम्म मेरो स्वरको माग उच्च थियो । एकै दिन चार÷पाँच वटा गीत रेकर्ड गर्नुपर्ने अवस्था आइसकेको थियो । त्यही बेला एकाएक मेरो स्वर सुक्यो । गाउँदा स्वर क्लियर नआउने भयो । गाउँदागाउँदै बीचमा स्वर काटिन थाल्यो ।

anjuउपचारका लागि डाक्टरकहाँ गएँ, स्पीचथेरापी गरियो । तीन महिनाजति रेस्ट लिन लगाइयो । करियर उत्कर्षमा पुगेकै बेला रेस्ट लिने वा आउँदा म मानसिक रुपमा पनि कमजोर हुँदै जान थालेकी थिएँ । होमियोप्यथीदेखि एलोप्याथीसम्म उपचारका कुनै पद्धति छाडिएन । तैपनि मेरो स्वरको समस्या २० मा १९ भएन । उल्टै डाक्टरले भय सिर्जना गरिदिए, ‘घाँटीको अवस्था यस्तो हुँदाहुँदै गीत गायौ भने क्यान्सर हुने सम्भावना देखिन्छ ।’

जति गरे पनि केही नलागेपछि मेरो मानसिक अवस्था पनि बिगँ्रदै गयो । म पशुपति जान्थेँ, घन्टौँ त्यहीँ बस्थेँ । त्यसपछि फेरि डिप्रेसनमा गइछु । एकछिन एक्लै बस्नै नसक्ने भएँ । एक्लै भएँ कि कसरी मर्ने भनेर मात्रै सोच्थेँ । अग्लो ठाउँ देख्यो कि हामफाल्न मन लाग्थ्यो । एकचोटि एक्लै हुँदा एक तला माथिबाट हामफालेँ, खुट्टा भाँच्चियो । त्यसपछि उपचार गरेर तीन महिना बेड रेस्ट गर्नुप¥यो ।

 आफैँले गाएको ‘पल पल रोएँ, जिन्दगीमा कति आँसु गएर खेर, सम्हालेर राख्या भए ताल बन्थ्यो हेर’ भनेजस्तै गरी रोएँ, कराएँ । तर, समस्या समाधान भएन । बजारमा मेरो स्वरको प्रभाव यति प¥यो कि ‘कहिले ठीक हुन्छ, त्यही बेला रेकर्ड गराउँछु’ भनेर मान्छेहरु कुर्न थाले । त्यसले मलाई मानसिक रुपमा झन् विक्षिप्त बनायो, किनभने स्वरको समस्या ठीक हुने सँभावना देखिएन ।

संयोगले खुल्यो स्वर

म अन्तिमपल्ट इन्डियामा चेक अप गराएर हेर्छु भनेर वीरगन्ज हुँदै गइरहेकी थिएँ । मान्छेले कमजोर भएकै अवस्थामा भगवान गुहार्छ । उपचारले ठीक नभइरहेको अवस्थामा मसँग पनि भगवानको भरोसा गर्नुको विकल्प थिएन ।  उपचार पनि चलिरहेकै अवस्था पनि थियो । यो संयोगले मेरो स्वर खुलायो ।

मलाई धेरै सताउने अर्काे रोग हो, युरिन इन्फेक्सन । त्यसले लामै समय दुःख दियो । ६ वर्षअघि भएको यो समस्या टिचिङ हस्पिटलमा उपचार गरेर ठीक भयो ।  तर, तुरुन्तै पत्ता नलागेकाले ठूलो सास्ती खेपेँ । सुरुमा डाक्टरले ‘ग्यास्ट्रिकका कारण त्यस्तो भएको बताए । त्यसको औषधि खाएँ । तीन महिना थला परेँ । कत्ति पनि बिसेक नभएपछि फेरि उपचार गर्न जाँदा युरिन इन्फेक्सनको उपचार गरेर ठीक भएँ । Untitled-1

केही पत्ता लागेन

६ वर्षदेखि किड्नीतिर दुख्ने समस्या छ । कहिलेकाहीँ समस्या हुँदा हस्पिटल जान्छु । अलिकति पानी बढी वा कम भयो कि दुख्छ । केही समयअघि अमेरिका जाँदा पनि ल्यान्ड हुनबित्तिकै हस्पिटल पुग्नुपर्ने गरी दुख्यो । औषधि गरियो । तर, पूर्ण रुपमा ठीक भएको छैन । अहिले पनि धेरै ठाउँ चेकअप गरिसकेँ । किड्नीको समस्या नदेखिए पनि गाइनोपट्टीको होला भनेर त्यसको पनि जाँचपड्ताल गरियो । तर, अझै केही पत्ता लागेन ।

भनिन्छ, दुख्ने शरीर होइन, आत्मा हो । आत्माले शरीर छाडेपछि जति काटे पनि दुख्दैन ! सुन्दा यो आध्यात्मिक जस्तो सुनिन्छ । तर, नानी जन्माउँदा मैले त्यस्तो भोगेकी छु । एक दिदीले पहिल्यै भनेकी थिइन्, ‘हस्पिटलमा बच्चा जन्माउन गयौ भने नर्स र डाक्टरले यस्तो गाली गर्छन् कि सुत्केरीको ब्यथा नै भुल्ने पीडा हुन्छ ।’

त्यही कुराले दुई दिन हस्पिटल नै नगई बेडमा छटपटिएँ । तर, तेस्रो दिन नगई भएन । प्रसूति गृह थापाथलीमा गएकी थिएँ, पीडाले छटपटिँदा गुहार माग्दै नर्सको हात समात्न पुगिछु । तिनले यस्तो अपशब्द बोलिन् कि अहिले सम्झिँदा पनि पीडा हुन्छ ।

स्वस्थ रहने प्रयास

रोगले दुःख दिइरहन्छन् भनेर पूरै अस्तब्यस्त हुनु भएन । स्वस्थ रहनका लागि नियमित एक्सरसाइज गरिरहेकी हुन्छु । मर्निङ वाक, अलिअलि दौडिने, उफ्रिने काम दिनदिनै गरिन्छ । सानोमा मलाई फिट राख्ने ब्याडमिन्टनले सघायो । पछि बिस्तारै ब्यस्त हुन थालेँ, छाडिएछ ।

मान्छे कि पढेर जान्दछ कि परेर । त्यसैले म अहिले अलिक सचेत भएकी छु । पहिले मैले धेरै केयरलेस गरेँ, अलिकति दुख्नेबित्तिकै उपचार गर्न गइएन । त्यतिबेला स्वास्थ्यलाई प्राथमिकतामा राखिन सायद । ठूली गायिका हुने रहरमा कति दिन खानै नखाई रियाज गरियो, कति दिन पानी पनि खाइएन । सायद यसको असर अहिले भोग्दैछु । स्वास्थ्यका लागि समय पनि दिनुपर्ने रहेछ भनेर मैले पछि मात्रै जानेँ । मेरो एउटै मात्र सुझाव, स्वास्थ्य सबभन्दा ठूलो धन हो । त्यसैले स्वास्थ्यको जतन गरौँ ।