,वार्षिक तीन हजार मृगौला रोगी थपिदै कसरी बच्न सकिन्छ मृर्गौला रोगबाट ?   – 

647 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 kidneyफागुन २८– ‘सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने नाराका साथ बिहीबार विश्व मिर्गौला दिवस मनाइँदैछ । नेपालमा सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार सो दिवस मनाइँदै आएको आएको छ । दिवसको अवसरमा मिर्गौला उपचार केन्द्र काठमाडौँ वनस्थलीले यहाँ विशेष कार्यक्रमको आयोजना गर्दैछ । केन्द्रका वरिष्ठ मिर्गौला रोग विशेष एवम् कार्यकारी निर्देशक प्राडा ऋषिकुमार काफ्लेले मिर्गौला रोगको सिघ्र पहिचान तथा यसको निदान नै आफ्नो मिर्गौला स्वस्थ्य राख्ने मूल मन्त्र भएको बताए । मिर्गौला स्वस्थ्य राख्नका लागि सबैले एक दिनमा कम्तीमा तीन लिटर पानी पिउनुपर्ने, मधुमेह तथा उच्च रक्तचापलाई सन्तुलनमा राख्न सक्नुपर्नेमा जोड दिंदै प्राडा काफ्ले भने धुमपानको आदत भएका, ५० वर्ष भन्दा बढी उमेर नाघिसकेका, मिर्गौलामा अन्य कुनै समस्या भएकाहरूलाई मिर्गौला रोगको खतरा बढी हुनेभएकाले हरेक वर्ष मिर्गौला परीक्षण गर्नु आवश्यक छ । मिर्गौला रोग लागिसकेपछि उपचारमा अत्यधिक खर्च लाग्ने भएकाले समयमै मिर्गौला परीक्षण गरी रोग लागेको नलागेको जानकारी लिनुपर्ने बताउँदै उनले खाना खाएको ३० मिनेटमा कम्तिमा १५ मिनेट हिडडुल गर्नुपर्ने, मोटोपनलाई हटाउनुपर्ने र सुविधा भोगी नबनी पर्याप्त मात्रामा व्यायाम गर्नुपर्ने बताए । नेपालमा कुल जनसङ्ख्याको करिब १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको अनुमान गर्न सकिने उल्लेख गर्दै उहाँले त्यसमध्ये करिब १० हजार जना मिर्गौला रोगको अन्तिम अवस्थामा पुग्ने गरेको र करिब तीन हजार जना वार्षिक रुपमा थपिदै गएको अनुमान रहेको बताए । राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा डाइलाइसिस गर्न आउने विरामीहरूको चाप अत्यधिक रहेको र हरेक दिन ४० वटा मेशिनबाट बिहानदेखि मध्य रातिसम्म उपचार सेवा सञ्चालन गर्दै आएको डा वर्षा श्रेष्ठले जानकारी दिइन् । हेल्थ केयर फाउन्डेसनका प्रमुख कृष्णप्रसाद आचार्यले मिर्गौलाका विरामीहरूको उपचारका लागि ठाउँको अभाव भएकाले भवन निर्माण गर्न आवश्यक जग्गाको व्यवस्था गरिदिन र सरकारले मिर्गौलाका विरामीहरूलाई डायलाइसिस गर्न छुट्याइएको रकम सिधै केन्द्रमा जम्मा गरिदिनका लागि आग्रह गरे ।