आदिवासी जनजातिका लागि नेतृत्व विकास र प्रस्ताव लेखन सम्बन्धी तालिम

1463 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बाबुराम श्रेष्ठ
धादिङ फागुन २८ गते÷नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धादिङकोे आयोजना तथा जिल्ला विकास समिति धादिङको आर्थिक सहयोगमा सञ्चालन गरेकोे नेतृत्व विकास प्रस्ताव लेखन र ब्यबस्थापन सम्बन्धी २ दिन तालिम बिहिबार धादिङबेसीमा सम्पन्न भएको छ ।
DSC02287समपान कार्यक्रममा बोल्नु हुँर्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धादिङका उपाध्यक्ष एवं नेपाल बराम संघका केन्द्रिय अध्यक्ष चन्द्र बहादुर बरामले तालिममा सिकेका कुरालाई आफ्नो समुदायमा सिकाउन सके मात्र तालिम लिएको औचित्य रहने बताउनु भयो । यस गरी आदिवासी जनजातिहरुको हक हितलाई ब्यबहारमा उतार्न धादिङका सबै आदिबासी जनजातिहरु एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । विभिन्न ब्यक्तिहरुको काम गनेृ शैली, ज्ञान तथा क्षमता अभिबृद्धि गर्न, शान्ति विकास, समबृद्धि बाताबरण जनताला्ई उपलब्ध गराउन, प्राकृतिक प्रकोपहरुको न्यूनिकरणको लागि समेत यस परियोजनाहरुको अति आवश्यक रहेको तालिममा सहभागिहरुले बताएका थिए । तालिममा प्रशिक्षक सोम धिमालले परियोजना के हो ?, यो किन आवश्यक छ ?, प्रस्ताव लेखनमा हुने आधारभूत तत्वहरु, योजना भनेको के हो ?, योजनाका प्रकारहरु, योजना तथा परियोजनाको छनोट कसरी गर्ने, योजना सफलताका आधारहरु, तथा राष्ट्रिय तथा क्षेत्रिय योजनाहरुको छनोट कसरी गर्ने जस्ता विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । यसै गरी तालिमकोको दोस्रो दिन तालिममा प्रशिक्षक सोम धिमालले अनुगमन तथा मूल्याङकन, समुह विभाजन। समुहगत शीर्षक छनोट र कार्य, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान प्रस्तावना ढाँचामा आधारित लगायत विभिन्न विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धादिङका अध्यक्ष हरिशंकर गिद्धेलमगरको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धादिङका उपाध्यक्ष एवं नेपाल बराम संघका केन्द्रिय अध्यक्ष चन्द्र बहादुर बराम,नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धादिङका उपाध्यक्ष अक्कल बहादुर तामाङ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धादिङका सल्लाहकार एवं राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङका प्रतिनिधि भिम बहादुर दर्लामी, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धादिङका सल्लाहकार हरिपाटा मगर लगायत तालिममा धादिङ जिल्ला भरका १० आदिबासी जनजातिका ४० जनाको सहभागिता रहेको थियो ।