फेन्सी र किराना पसलबाट बिषादी बिक्री

823 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, – बिषादी मिसिएको गहुंको रोटी खाएर ंदक्षिणी धादिङको पिडा गाविसको पुकुन गाउँकाएकै परिवारका ६ जनाको ज्यान गएपछि जिल्ला विषादी व्यवस्थापन समन्वय समितिले शुक्रबार सदरमुकामका पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सदरमुकाम धादिङबेसीमै अवैध ढंगवाट घातक बिषादी बिक्री वितरण भईरहेको पार्ईएको छ ।
??????????जिल्ला कृषि विकास कार्यालय धादिङका प्रमुख महेन्द्रराज कौडालको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, जिल्ला विषादी निरिक्षक माधव भट्ट, सहायक न्यायधिबक्ता जानकीप्रसाद घिमिरे,प्रहरी सहायक निरीक्षक लक्ष्मण पाठकm कृषि प्रसार अधिकृत दुर्गाप्रसाद पन्थी लगायतको टोलीले सदरमुकामको विषादी पसल र खाद्यान्न पसलहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा सदरमुकामका एग्रोभेट देखि खाद्यान्न कस्मेटिक,रंग पसलहरुमा समेत विभिन्न किसिमका घातक बिषादीहरु बिक्री बितरण भईरहेको पाईएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनका क्रममा भेटिएका अधिकांश बिषादी लामखुट्टे मुसा, झिंगा लगायतका किराहरु मार्न प्रयोग हुने गरेको सल्फरमेथ्रिन, यम्लपोरथ्रिन, जिंक फस्फाइट, ब्रोमाड्रियोलियन बेगन, मटेनर, लगायतका विषादी रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कौडालले जानकारी दिनुभयो । सदरमुकाम धादिङबेसीमै बिषादीहरु खुलेआम विक्रि भइरहेको भेटिएपछि त्यस्ता बिषादी जफत गरी आईन्दा बिक्री बितरण नगर्न सचेत गराईएको जिल्ला विषादी निरिक्षक माधव भट्टले जानकारी दिनुभयो ।
अनुगमन टोलीले नीलकण्ठ सप्लायर्स, साझा मार्ट, कस्मेटिक सामानहरुको बिक्रि गर्ने सगुन स्टोर, विषादी विक्री गर्ने दुवाडी एग्रोभेट, रिजाल एग्रोभेट लगायतका एक दर्जन भन्दा बढी पसलहरुमा अनुगमन गरेको पनि भट्टले वताउनुभयो ।
जिल्लाभर १ सय ३० भन्दा बढी विषादी बिक्री गर्ने पसलहरु रहेपनि आवश्यक मापदण्ड पुरा गरेर दर्ता भएका पसलको संख्या निकै कम रहेकाले अव त्यस्ता पसलहरुको अनुगमन गरी व्यवस्थापनकालागि कडा भएर लागि पर्ने कृषि विकास अधिकारी कौडालले वताउनु भएको छ । कौडालका अनुसार बिषादी बिक्री गर्नका लागि तालिम लिएको हुनुपर्ने अनिवार्य इजाजत लिनुपर्ने व्यवस्था रहेको छ । जिल्लाबाट उत्पादित तरकारी जन्य कृषि उपजमा अत्याधिक विषादीको मात्रा बढ्दै गएको आरोप लागिरहेको बेला पिडा गाविसका पुकुन गाउंका सन्जवहादुर तामाङले गहुं किरावाट जोगाउन राखेको बिषादीका कारण गहुंको रोटी खांदा सञ्जवहादुर सहित ६ जनाको ज्यान गएको थियो । १६ जना भन्दा बढी अहिले पनि गम्भिर अवस्थामा उपचार भईरहेको छ ।