पुकुनका बिषादी पिडितको सहयोगमा रकम जुट्दै

567 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sahayog-7-300x225धादिङ – धादिङ जिल्ला पिडा गाविस वडा नं ८ पुकुनमा गत फागुन २५ गते विशाक्तयुक्त रोटीका कारण ज्यान गुमाएका मृतक परिवालाई विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा १ लाख ७३ हजार ८ सय ५५ रुपैंया सहयोग प्राप्त भएको छ । नेकपा एमाले धादिङ काठमाडौ सम्पर्क मञ्चको पहलमा शनिबार घाईते बिरामीहरुको उपचार गराईरहेको अस्पताल मनमोहन मेमोरियल अस्पताल सितापाईला, स्वयम्भुमा एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । नेपाल फलफुल थोक व्यवसायी संघ बल्खुका तर्फबाट १ लाख १८ हजार ३ सय ५५ र सम्पर्क मञ्च र विषादी पीडित सहयोग समिति काठमाडौको तर्फबाट ५५ हजार ५ सय सहयोग प्राप्त भएको हो ।