ताल्ति प्रहरी चौकीको डिएसपि मल्लबाट अनुगमन

623 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महादेवस्थान – जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रकाश मल्लले शुक्रवार जिल्लाको महादेवस्थान गाविसमा रहेको ताल्ति प्रहरी चौकीको अवलोकन गर्नुभएको छ । अनुगमनका क्रममा दक्षिणी धादिङको विकटमा रहेको उक्त प्रहरी चौकीको दैनिक गतिविधि ,विकटमा रहेर कार्य सम्पादन गर्दा प्रहरीले भोग्नु परेको समस्या, स्थानीयसंग प्रहरीको समन्वय लगायतका बिषयमा प्रहरी कर्मचारी संग मल्लले छलफल गर्नुभएको थियो । DSC_0120ताल्ति प्रहरी चौकीका निमित्त प्रमुख हवल्दार रोशन कार्कीले प्रहरी नायव उपरिक्षक मल्लले राख्नु भएका जिज्ञासाहरुको जवाफ दिनुका साथै आफ्नै भवन नहुंदा दैनिक कार्य सम्पादनमा समस्या भएको, प्रहरी चौकी बसेको घर सांघुरो हुंदा बस्न,सुत्न समस्या हुने गरेकोे,कार्य क्षेत्र अधिकांश विकटमा रहेकाले कार्यक्षेत्र खटिंदा प्रहरी चौकी कुर्ने व्यक्ति समेत नहुने गरेको बिषयमा प्रहरी नायव उपरिक्षक मल्लको ध्यानाकर्षण गराउनु भएको थियो । सात जनाको दरवन्दी रहेको ताल्ति प्रहरी चौकी भाडाको घरमा बस्दै आईरहेको छ । आपतकालिन अवस्थामा प्रहरीको संख्या बढाउन इलाका प्रहरी कार्यालय मार्फत पहल गरिने , आफ्नै जग्गा भएकाले प्रहरी चौकीको भवन निर्माणका लागि केन्द्रमा अनुरोध गर्ने प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिनुभयो ।

DSC_0116दक्षिणी धादिङको चौध वटा गाविस भित्र खानीखोला र गजुरीमा गरी दुईवटा इलाका प्रहरी कार्यालय रहेको छ भने जिवनपुर,महादेवबेसी,गल्छी,बैरेनी, मलेखु,ताल्ति,स्यादुल र जोगिमारामा प्रहरी चौकी रहेपनि स्यादुल वाहेक अन्य स्थानमा प्रहरी कार्यालय संचालनमा रहेका छन । संचालनमा रहेका मध्ये,मलेखु,गल्छि र महादेबवेसी अस्थायी पोष्टका रुपमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।