हात्तिपाइले रोग विरुद्धको दोस्रो चरणको औषधी शनिवार देखि खुवाउदै

621 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (1)काठमाण्डौं–हात्तिपाइले अर्थात फाइलेरियारोग विरुद्धको औषधी खुवाउने दोस्रो चरणको अभियान शनिवार देखि तीन दिनसम्म देशभर सञ्चालन हुनेछ । हात्तिपाइले रोग लाग्नबाट बचाउन शनिबार, आइतबार र सोमबार दोस्रो चरणमा औषधी खुवाउन कार्यक्रम अन्तरगत काठमाडौँ, ललितपुर र भक्तपुरमा घरदैलोमा पुगेर औषधि खुवाईने स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशका ६१ जिल्ला हात्तीपाइले रोगबाट प्रभावित छन् । पहिलो चरणमा भने फागुन २३ देखि २५ गतेसम्म पाँचथर भोजपुर, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिराहा, सप्तरी, उदयपुर, अर्घाखाँची लगायत ३८ जिल्लामा औषधी खुवाइएको थियो । हात्तिपाइले रोग लाग्नबाट बचाउने भएकाले सबैले औषधि सेवन गर्नुपर्ने व्यवस्था मिलाइएको छ । तर गर्भवती तथा एक हप्ता सम्मका सुत्केरी आमाहरु, सिकिस्त विरामीहरु, छारे रोगका विरामीहरु र दुई बर्ष नपुगेका बालबालिकाहरुले भने औषधी गर्न नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा यो रोगको संक्रमण सरदरमा १३ प्रतिशत देखिएको छ । रोगको परजिवि भएका मानिसमा गोडा सुन्निने, सेतो पिसाव बग्ने, स्तन तथा जनेन्द्रीय सुन्निने समस्या हुने स्वास्थ्यकर्मीहरुको भनाई छ । नेपालमा यो रोग निदानका लागि सन् २००३ देखि प्रभावित जिल्लामा औषधी सेवन अभियान चलिरहेको छ ।