बिषादी पिडित सम्झना उपचारकै क्रममा सुरक्षित सुत्केरी

521 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Poison Case Motherधादिङ–विषाक्त रोटी सेवन गरि अस्पतालमा उपचार गराई रहेकी संझना तामाङ नियमित महिना नपुग्दै सुत्केरी भएकी छन् । गत फागुन २६ गते विषाक्त रोटी सेवन वाट विरामी परेकी ३ सन्तान र अन्य ३ परिवारजन गुमाएकी ८ महिने गर्भवती संझना लाई राजधानी स्थित मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । संझनाले करिव २ हप्ता अगावै शिसु जन्म दिएको उक्त शिसु विषादी सेवनकै कारण समय अगावै जन्मिएको हुन सक्ने अस्पताल श्रोतले जनाएकोछ । शिसुको छाती र घांटीमा समस्या देखिएकोले पिआईसियु कक्षमा राखेर उपचार भैरहेको र अवस्था भने सामान्य रहेको अीपतालले जनाएकोछ ।
Poison Case Baby 1संझनाका पती टेक वहादुर सहित अव ९ जना पनि उपचारार्थ अस्पतालमै छन् । टेकवहादुरको स्वास्थ्य अवस्था सुधार हुन नसकेको जनाईएकोछ । विषाक्त रोटी सेवन वाट विरामी भएर भर्ना गरिएका १५ मध्य २ जना लाई गत शुक्रवार र ४ जना लाई आईतवार अस्पतालले डिस्चार्ज गरेको अस्पतालका प्रशासकिय अधिकृत नवराज रुपाखेतीले वताए ।
विषाक्त रोटी सेवनले मृतकका २ घरपरिवार लाई राहत स्वरुप आर्थिक श्रोत पनि जुटदै गएकोछ । विरामीको उपचारमा खर्च भएको सवै रकम नेपाल सरकारले व्यहोर्ने र थप राहत दिने मन्त्रीमण्डलको निर्णय भए पनि सहयोग र प्रकृति भने एकिन भैसकेको छैन ।
पिडित परिवार लाई उपचारका लागी काठमाण्डौं स्थित नेपाल फलफुल थोक व्यवसायी संघ वल्खु वाट १ लाख १८ हजार ३ सय धादिंङ–काठमाण्डौं सम्पर्क मन्चको तर्फ वाट ५५ हजार ५ सय रकम निर्वाचन क्षेत्र नं ३ का सभासद एवं मनमोहन असप्ताल व्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र पाण्डे लाई हस्तातरण गरिएकोछ ।
विषाक्त पिडित लाई पिंडा गाविसले २४ हजार , छिमेकी गाविस कुम्पुर–५ निवासी यदुकुमार लामिछानेले १० हजार, पिंडा–५ निवासी नवीन भण्डारीले १० हजार र था“क्रे–२ स्थित सिर्जनसिल महिला समूहले ५ हजार आर्थिक रहयोग गरेका छन् ।