जिल्ला अस्पताल धादिङमा विरामीहरुको चाप बढ्यो

3082 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बाबुराम श्रेष्ठ
DSC00152धादिङ – जाडो सकिएर गर्मी मौसम शुरुहुनै लाग्दा बदलिंदो मौसमका कारण विरामीपर्नेहरुको संख्या पनि बढ्दै गएको छ । विरामी बढ्दै जांदा जिल्ला सदरमुकामको धादिङ अस्पतालमा पनि बिरामीहरुको चाप निकै बढेको छ । जिल्ला अस्पतालमा जाँच गराउन आउने विरामीहरुमा बिशेष गरी महिला, बालवालिका र बृद्धबृद्धाहरु रहेका छन् । प्राय जसो जाँच गराउन आउने विरामीहरु मध्ये बालवालिका र महिलाहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, टाइफाइट, जन्डिस, पेटका समस्या लगायत विभिन्न किसिमका चोटपटक लागेका विरामीहरु हुने गरेको भएको अस्पतालले बताएको छ ।
उपचारका लागि आउनेहरुमा कुकुर र सर्पले टोकेका विरामीहरु प्नि छन । अस्पताल आएका विरामी मध्ये बढी ज्वरो आएर थलिएका विरामीहरु हुने गरेको जिल्ला अस्पताल धादिङले जनाएको छ । अस्पतालमा विरामीको चाप बढ्नेक्रम संगै जिल्ला अस्पताललाई ५० शैय्याको वनाउन अस्पताल विकास समितिले पहल शुरु गरेपनि प्रक्रिया पुरा हुन समय लाग्ने हुंदा अस्पतालमा आएका विरामीहरुलाई उचित सुविधा दिन अस्पताललाई सकस पर्ने गरेको छ ।
सदरमुकामको अस्पताल भएका कारण विरामीको चाप बढ्ने गरेको स्वास्थ्यकर्मीहरु बताउंछन । दरवन्दी अनुसारका सबै चिकित्सक र अन्य स्वास्थ्यकर्मी अस्पतालमा रहने हो भने उपचारमा आउने विरामीलाई तत्काल सेवा दिन सकनिे भएपनि राजधानीको नजिक रहेका कारण स्वास्थ्यकर्मी टिकाउन कठिनाई रहेको एक स्वास्थ्यकर्मीले वताए ।
नेपाल सरकारले अस्पतालहरुमा आमा सुरक्षित कार्यक्रम अन्तर्गत करारमा कार्यरत अनमि हटाइएकोले महिलाहरुको लागि दिइने प्रसुति कार्यक्रम र खोपमा भने निकै समस्या परेको जिल्ला अस्पताल धादिङमा कार्यरत एक स्वास्थ्यकर्मी बताएको छ । केही दिन अघि सम्म दैनिक ५० जनाको हाराहरीमा विरामी आउने गरेकोमा मौसम वदलिन थालेपछि अस्पताल आउने विरामीको संख्या १ सय ५० को हाराहरीमा पुगेको अस्पतालले जनाएको छ ।