धादिङको बैरेनी गाविसको राजमार्ग क्षेत्र बन्द निषेधित घोषणा

1189 पटक पढिएको

सम्पादक: Dhadingnews.com

DSC08244सन्तोष अधिकारी
बैरेनी/राजमार्गमा  जथाभावी हुने गरेका बन्द तथा अन्य अराजक कृयाकलाप नियन्त्रण गर्न धादिङको बैरेनी प्रहरी चौकीले विभिन्न सरोकारवाला निकाय संग समन्वय गरी बैरेनी गाविस क्षेत्रको पृथ्वीराजमार्गलाई बन्द निषेधित क्षेत्र घोषणा गरेको छ ।
बैरेनी चौकीका  प्रमुख विजय खत्रीको पहलमा शनिबार बैरेनी गा वि स मा बसेको स्थानिय बासिन्दा, राजनितिक दलका प्रतिनिधिका साथै धादिङका प्रहरी नायव उपरिक्षक अशोक सिह एवम पत्रकारहरुको संयुक्त भेलाले बैरेनी गाविसको राजमार्ग क्षेत्रलाई बन्द निषेधित क्षेत्र घोषणा गरेको हो ।
बन्द निषेधित क्षेत्र घोषणा गरिएको स्थानहरुमा पृथ्वीराजमार्गको बैरेनी गा वि सको वडा नम्बर ८ खेस्टेखोला देखि  बैरेनी गाविस वडा नम्बर ७ को बेल्खु खोलाको पुल सम्मको सात किलोमिटर सडक क्षेत्र रहेको छ । यस क्षेत्रमा कुनै पनि वहानामा सडक  बन्द नगर्ने सहमति सबैका बिच भएको छ । साथै भेलाले वन्द निषेधित क्षेत्र कार्यक्रमलाई सहयोग गर्ने  प्रहरी चौकी बैरेनीका प्रमुख विजय खत्रीको संयोजकत्वमा २५ सदस्य सहयोग समितिसमेत  गठन गरेको छ ।