मलेसिया गएका कुम्पुरका डिलबहादुर परिवारको सम्पर्कमा आए

702 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, चैत ४ – वैदेशिक रोजगारीका लागि चार वर्ष अघि मलेसिया गएका र गएको एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेका  धादिङ कुम्पुरका डिलबहादुर श्रेष्ठ परिवारको सम्पर्कमा आएका छन् ।

dilbahadur shrestha (2)श्रेष्ठका बारेमा उज्यालो अनलाइनमा प्रकाशित भएको समाचार पढेर डिलबहादुरका साथीले आमाको सम्पर्कमा ल्याईदिएका हुन् । छोरा बेखबर भएपछि आमा चिन्तित बन्दै गएको समाचार पढेपछि डिलबहादुरसँगै काम गर्दै आइरहेका तनहुँ भिमादका सुरज थापा, कोहलपुर बाँकेका युवराज गिरी र टोपेन्द्र कार्की, जाजरकोटका सूर्य शाक्यको पहलमा डिलबहादुरलाई परिवारको सम्पर्कमा ल्याइएको हो ।

बुधवार दिउँसो सुरज थापा मार्फत डिलबहादुरले आमा लालमायालाई फोन गरेका परिवारले जनाएको छ । डिबहादुरले आफू केही समयपछि घर फर्कने बताएका छन् । २०७० माघदेखि फोन सम्पर्कमा नरहेको छोराले एक्कासी फोन गरेको भन्दा आफूलाई  सुरुमा विश्वासनै नलागेको तर छोराले बोलेपछि आँसु थाम्नै गाह्रोपरेको आमा लालमायाले वताउनु भयो ।

आफूसँगै बस्ने र काम गर्ने गरेको साथी एक वर्षदेखि घर परिवारको सम्पर्कमा नरहेको भन्ने खबर पढ्दा निकै दुःख लागेकाले डिलबहादुरलाई आमासँग सम्पर्क गराउन पहल गरेको तनहुँका केसीले बताउनुभयो ।