मनमोहन सहित नयाँ मेडिकल कजेललाई सम्बन्धन नदिने निर्णय

569 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

timthumb

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को फ्याकल्टी बोर्डको बिहिबार बसेको बैठकले नयाँ मेडिकल कलेजलाई तत्काल सम्बन्धन नदिने निर्णय गरेको छ।
नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने बारे प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनअनुसार त्रिवि उपकुलपति कार्यालयले पटक–पटक ताकेता गरेपछि सम्बन्धनबारे निर्णय लिन बसेको  बोर्ड बैठकले क्षमता नभएका कारण आइओएमले नयाँ सम्बन्धन दिन नसक्ने  भन्दै तत्काल नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको हो सेतोपाटी डट कमले खबर लेखेको छ ।
गत फागुन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धनको प्रक्रिया अगाडि बढाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो।  प्रधानमन्त्री कार्यालयले पत्र लेखेपछि शिक्षा मन्त्रालयले यही फागुन ६ गते त्रिवि उपकुलपतिलाई पत्र लेखी सम्बन्धन प्रदान गर्नेतर्फ तत्काल कारवाही अगाडि बढाउन निर्देशन दिएको थियो । त्यसपछि त्रिविले आइओएमलाई पत्र लेखी २०७० कात्तिक २१ गते गठित अनुगमन टोलीले पेश गरेको प्रतिवेदनमा राय पेश गर्न निर्देशन दिएको थियो। गत फागुन २९ गते त्रिविले सात दिनभित्र फ्याकल्टी बोर्डको  बैठकबसी सम्बन्धनको निर्णय गर्न दोस्रो निर्देशन दिएपछि आइओएमले  बैठक बोलाएको थियो ।
डा. गोविन्द केसीले सो निर्देशन फिर्ता लिनु पर्ने सहितका १० बुदेँ माग पुरा गर्न सरकारलाइ १० दिने अल्टिमेटम दिएका थिए।