कोरियामा पुनः तलब बढ्ने संकेत

578 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

korean moneyदक्षिण कोरियामा न्यूनतम ज्याला वृद्धि गर्न चौतर्फी माग छ । मागसंगै चालु आर्थिक वर्षको ज्यालामा थप केही प्रतिशत बढ्ने संकेत देखिएको छ । देशको आर्थिक तथा मूल्यवृद्धि लगायतका विभिन्न सुचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गर्न माग गरिएको हो । माग अनुरुप तलव बृद्धि भए मुलबासी र आप्रवाशी न्यून आय भएका करिव २७ लाख भन्दाबढि श्रमिक लाभान्वित हुन श्रमिक अधिकारकर्मीहरु बताउछन् ।

राष्ट्रपति पार्क गुन ह्ये प्रशासनले उपभोक्ता मुल्यमा आएको वृद्धिले न्यून आय भएका मजदुरको जीवनयापनमा कठिनाई उत्पन्न भएको धारणा राख्दै यसवर्ष थप ७ प्रतिशत ज्याला वृद्धि गनुपर्नेमा जोड दिएको छ । 

कोरियाका उपप्रधान तथा अर्थमन्त्री चुई ख्वाङ ह्वानले ज्याला वृद्धि गरिने बताएका छन् । गत साता फोरममा मन्त्री चुईले श्रमिकवर्गमा बजारमुल्यको नराम्रो प्रभाव परेको बताएका छन् । ‘अमेरिकी राष्ट्रपति वाराक ओवामा र जापानिज प्रधानमन्त्री सिन्जो अवेको सिद्धान्त अनुसार बजारमुल्य अनुसार श्रमिकको मागलाई ध्यानदिनुपर्छ ।’ उनले भनेका छन् ‘आर्थिक व्यापारमा मुद्धास्फिर्ती भएपनि हाम्रो सम्वन्ध अपस्थितिमा हुन्छ ।’ 

रोजगार तथा श्रम मन्त्री लि की क्वाङले कोरियन श्रम बजारको आय असमानतालाई निरुत्साहित गर्न सामान्य मजदुरहरुको न्यूनतम ज्यालामा वृद्धि गर्नुपर्ने आवश्वकता रहेको औलाएका छन् ।

मजदूर संगठनहरुले आर्थिक तथा मूल्यबृद्धि र श्रम बजारको आय असमान रहेको जनाउदै आधारभूत तलव बढाउन माग गरेका छन्् । त्यस्तै पुरुष कामदारको दाँजोमा महिला कामदारहरुको औषत ज्यालामा कमि देखिएको ओइसिडिको प्रतिवेदनमा उल्येख छ ।

कोरियामा २५ सय वन पर्ने चुरोटको मुल्य बढेर ४५ सय वन भएपछि बजारमुल्यवृद्धिमा उच्चता आएको अर्थविश्लेषकहरुले बताएका छन् । त्यसले निम्न आयभएका श्रमिकहरुको जीवनयापनमा कठिनाई उत्पन्न भएको बताइएको छ ।

कोरियामा २०१४ मा (१५–२९) युवासमूहको बेरोजगारी दर ९ प्रतिशत कायम थियो । यो संख्या १९९९ देखिकै उच्च हो । त्यस्तै यसवर्षको पहिलो त्रैमासिकमा युवा बेरोजगारीको संख्या ११.१ प्रतिशत छ । यो संख्या गत पाँच वर्षकै उच्च हो ।

यसवर्षको पारिश्रमिकमा ४० घण्टा कामगर्ने कामदारले न्यूनतम मासिक ११ लाख ६६ हजार २ सय २० वन पाउनेछ (१ लख ५ हजार ७ सय ४१ रुपैयाँ) । त्यस्तै हप्तामा ४४ घण्टा काम गर्ने कामदारले १२ लाख ६१ ह्जार ८० वन पाउनेछ (१ लाख १४ हजार ३ सय २० रुपैयाँ) । 

दैनिक बढ्दो मूल्यवृछि र गुणस्तरीय जीवन र श्रमिकहरुको राय अनुसार ज्यालाको खाका तयार पारेको श्रमिकको हक अधिकारमा कृयाशील टे«ड युनियनहरुले बताएका छन् । तलब वृद्धिले यहाँ कार्यरत आप्रवाशी कामदार र अब भित्रिने नयाँ जनशक्ति लाभान्वित हुने छन् । 

कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । जुन बेलाको न्यूनतम ज्याला ४ सय ६२ वन थियो । सरकारले सन् २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६.०,२०१३ मा ६.१ २०१४ मा ७.२  र २०१५ मा ७.१ प्रतिशतले ज्याला बढाएको थियो । – हेल्लो नेपाल कोरिया डट कमबाट