सिंहदरवारवाट निस्किएको मोटर वालुवाटारमा दुई घण्टा सम्म अवरोधमा

633 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0433धादिङ,- सिंहदरवार र वालुवाटार भन्ना साथ नेपालको राजनितिमा नङ र मासुको सम्वन्ध हुने गर्छ । सिंहदरवारमा पुगेपछि मात्रै वालुवाटारमा जानका लागि धेरैको बाटो खुल्ने हुने गर्छ । नेपालको राजनितिमा यो दुई ठाउंको नाम लिनासाथ राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रले समेत निकै चासो राख्ने गर्दछन । तर कहिलेकाँही सिंहदरवार र वालुवाटार एउटै रथको दुई पाङग्रा नहुन पनि सक्ने रहेछ । शुक्रवार सिंहदरवारवाट निस्किएको मोटर वालुवाटारमा दुई घण्टा सम्म अवरोधमा प¥यो । मन्त्री देखि पुर्वमन्त्री, सभासद,सुरक्षाकर्मी तथा अन्य विशिष्ट व्यक्तिहरु सवार रहेको १४ वटा मोटरले दुई घण्टा सम्म वालुवाटारको बिच सडकमै रोकिनु प¥यो ।
बिशिष्ट व्यक्तिको सवारी रोकिएपछि अवरोध पन्छाउन सुरक्षाकर्मी देखि पुर्वमन्त्री ठाकुर शर्मा, नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ,सभासदहरु दिलमान पाख्रिन,धनवहादुर घले,परशुराम तामाङ,गुरुप्रसाद वुर्लाकोटी मात्रै होइन सरकारी सेवाका उच्च तहका कर्मचारी,राजनैतिक नेत्तृत्व,पत्रकार, स्थानीय राजनैतिक कार्यकर्ता,सवारी चालक सबैले पहल गरे तर खासै उपलव्धि हात लागेन । अवरोध ज्युंका त्युँ रहि नै रह्यो ।
झण्डा फरफराईरहेको मन्त्री सवार भएको मोटर बिच सडकमै रोकिन पुग्यो । सुरक्षाकर्मीलाई समेत मन्त्रीको सवारी रोकिएकोमा चिन्ता बढ्दै गयो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षाटोलीले अवरोध हटाउन निकै प्रयास गरे तर पनि सकेनन । सडकभरी मोटरको लस्कर थपिंदै गयो । वालुवाटारका स्थानीयवासी मात्रै होइन विशिष्ट व्यक्ति सवार भएको मोटरमा रहेकाहरु पनि यति बेर सम्म सडक किन अवरुद्ध भयो भन्दै जम्मा हुनेक्रम बढ्दै गयो । न कुनै माग राखेर आन्दोलन गरेकाहरु सडकमा थिए । न त कुनै खतराको संकेत देखिएरनै मन्त्री देखि बिशिष्ठ पाहुना चढेको मोटर रोकिएको थियो । १२ वजे वालुवाटार पुगेको मोटर २ वज्नै लाग्दा पनि अघि बढ्न सकेन । अवरोध पन्छाउन खोज्नेहरु धेरै त थाकिसकेका थिए ।
नेपाली कांग्रेस,नेकपा एमाले,एकीकृत नेकपा माओवादी,राप्रपाका गरी ९ जना सभासद पनि वालुवाटारवाट अघि बढ्न सकेनन । नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ अरु भन्दा निकै रिसाएका देखिन्थे । साथमा उनका कार्यकर्तापनि सडक अवरोध गर्ने प्रति जंगिदै थिए । अघि बढ्न नपाएकोमा धेरैले कटाक्ष गरिरहेका थिए । वालुवाटारको त्यो अवरोध जानी जानी भएको थिएन र अवरोध राजधानीको केन्द्रविन्दु वालुवाटारमै पनि थिएन । थियो त गोरखा जिल्लाको आरुघाट नजिकैको वालुवाटारमा । गाउंको नाम वालुवाटार । पृथ्वीराजमार्गको वेनिघाटबाट व्यापारिक केन्द्र आरुघाट जोड्ने ग्रामीण सडकको बालुवाटारमा धादिङका पत्रकार चढेको जिप सडकमै फसेपछि शुक्रवार मन्त्री सहितका विशिष्ट व्यक्तिहरु सडकमै दुई घण्टा सम्म रोकिन पुगेका हुन ।
बहुचर्चित बुढीगण्डकी जलबिद्युत्त आयोजनाको निर्माण कार्यको लागि भईरहेको पछिल्लो अवस्थाको स्थलगत अनुगमन गर्दै गएको उर्जामन्त्री राधा ज्ञवाली सहितको टोली आरुघाट वजार पुग्नै लाग्दा बिच सडकमा रोकिन पुगेका हुन । धादिङ र गोरखा जिल्लाको सिमानामा रहेको बुढीगण्डकी नदीमा वन्न लागेको १२ सय मेगावाटको प्स्तावित आयोजनाको उर्जा मन्त्री ज्ञवालीवाट निरीक्षण हुने भएकाले धादिङका पत्रकार भाडाको जिपमा मन्त्रीहरु भन्दा अघि लागेका थिए ।
बालुवाटारको ग्रामीण सडकमा जमेको पानीमा भित्रको हिलोमा धादिङका पत्रकार चढेको जिप फसेपछि मन्त्री र अन्य व्यक्ति सवार मोटर अघि बढ्न रोकिएका थिए । सुविधा सम्पन्न सवारी साधनमा चढ्ने केही व्यक्तिले मन्त्रीको वाटो छेक्ने मोटरका चालकलाई निकै बेर गाली गरिरहे तर मोटर वाहिर निकाल्न सहयोग गर्न त परै जावोस राम्रो सुझाव समेत दिएनन । अघि पछि धकेलेर मोटर हटाउने प्रयास असफल भयो । खाल्डोमा ढुंगा माटो राखेर पनि मोटर चलाउन सकिएन । मन्त्री सहितका विशिष्ठ पाहुना सडकमै अलपत्र परेको पाएपछि आरुघाट बाट घटनास्थल वोलाईएका सुरक्षा निकायका तथा अन्य निजी सवारी साधनले हिलोमा फसेको मोटर तान्न सहयोग गरेनन । पछाडी वाट एउटा मोटरमा रहेको तार नेपाली कांग्रेसका प्रमुख सचेतक श्रेष्ठ सवार मोटरमा बांधेर सडकमा फसेको मोटर तान्ने काम भयो । केही वेर अघि सम्म निकै रिसाएका प्रमुख सचेतक श्रेष्ठ भन्दै थिए–‘वाटो छेक्ने मोटरलाई तान्ने काम त मेरै मोटरले गर्नुप¥यो । ’
एक सुरक्षाकर्मीका अनुसार घ्यालचोक सिउरीनीटार आरुघाट जाने सडक राम्रो नभएका कारण मन्त्री चढेको मोटर विचबाटोमा रोकिन सक्ने तर्फ स्थानीय प्रशासनले जिल्ला विकास समिति र बुढीगण्डकी जलबिद्युत्त आयोजना विकास समितिको ध्यानाकर्षण गराएको थियो । जिल्ला विकास समिति र आयोजनाले सडकमा कुनै अवरोध नआउने जानकारी दिएपछि मन्त्रीको टोली घ्यालचोकबाट आरुघाट लागेको थियो । ४४ किलोमिटर सडक खण्डमा २५ किलोमिटरमा खासै समस्या नभएपनि वांकी सडक समयमै मर्मत सम्भार गर्नुपर्ने भएपनि यस तर्फ कसैको ध्यान नजांदा दुई घण्टा सम्म एकै ठाउंमा फस्नु परेको हो ।