सेम्जोङमा तामयिग लिपि प्रशिक्षण सम्पन्न

752 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भिममाया वाइवा,
19990_10205337367787991_2632644315411869130_n (1)चैत्र ८ – सामाजिक विकास आधार नेपालको आयोजना र जिल्ला विकास समिति धादिङको सहयोगमा बुद्ध प्रा. वि सेम्जोङमा २०७१ चैत्र ६ देखि ८ सम्म सञ्चालित ३ दिने तामयीग लिपी प्रशिक्षण सम्पन्न भएको छ । सो तालिममा सैद्धान्तिक मान्यताको बारेमा प्रशिक्षक गोपाल फ्युवाले र लिपीको बारेमा प्रीति लामाले प्रशिक्षण दिनुभएको थियो । साथै तालिममा तामयीग लिपीको विकासक्रम र जटिलता बारे नेपाल तामाङ घेदुङका केन्द्रिय सचिव तथा तामयीग लिपि पाठ्यपुस्तक व्यवस्थापन समितिका संयोजक प्रतिक तामाङले स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष कुमार योञ्जन र तामाङ अध्यता रुद्रसिङ तामाङले प्रशिक्षार्थीहरुलाई बधाई, शुभकामनाका साथै पाठ्यक्रम कार्यन्वयन गर्न अनुरोध गर्नू भएको थियो । तालिममा सेम्जोङ गाविस भरका ६ वटा विद्यालयमा अध्यपनरत २० जना शिक्षकशिक्षिकाहरु सहभागी थिए । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष हेम वाइवाले भाषा जोगाउन लिपिको आवश्यकता महसुस भएकोले यस प्रकारको प्रशिक्षण आयोजना गरेको बताउनु भयो ।