प्याक्टमा नयाँ आयोजना निर्देशक, नमुना आयोजना बनाउने प्रतिवद्धता

836 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

4काठमाण्डौं -व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) का नवनियुक्त आयोजना निर्देशक डा. इन्द्रकान्त झाले आयोजनालाई विश्वकै नमुना आयोजनाका रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमबारदेखि प्याक्टको कार्यभार समालेका झाले आफूलाई विश्व बैंकको लगानीमा नेपालमा सञ्चालन भएका धेरैवटा आयोजनाको अनुभव रहेकाले प्याक्टलाई नमुना आयोजना बनाउन आफूल सफल हुने बताउनुभयो ।
उहाँले सल्लाघारी महारागञ्जस्थित आयोजना मूख्यालयमा सहकर्मीहरुसँंग परिचय गर्दै सामूहिक उत्तरदायित्वको भावना जागृत भए आयोजनालाई अझ चुस्त बनाउन सकिने बताउनुभयो। “सफलताको कडी नै टिम स्पिरिट हो” उहाँले भन्नुभयो । उहाँले सहकर्मीहरुबाट आफूहरुलाई पूरा सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो । त्यस्तै विश्व बैंकले आफूले लगानी गरेका क्षेत्रमा भ्रष्टाचार शुन्य नीति अवलंवन गर्ने जनाउँंदै आयोजनाका गतिविधी अत्यन्त पारदर्शी बनाइने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले हाल प्याक्ट दक्षिण एसियाली क्षेत्रकै सफल आयोजनाका रुपमा रहेकोमा आफ्नो कार्यकालमा विश्वकै नमुना आयोजना बनाउने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पहिलो दिन कार्यालयमा पुग्नासाथ वरिष्ठ योजना तथा प्रशासन अधिकृत गणेशकुमार श्रेष्ठ नेतृत्वको टोलीले आयोजना निर्देशकलाई स्वागत गरेको थियो । त्यसपछि आयोजित छलफल कार्यक्रममा आयोजना व्यवस्थापन समूहमा कार्यरत नेपाल सरकारका कर्मचारी तथा सम्बन्धित विषयका विज्ञहरुले आयोजनाको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।
ad1झा नेपाल सरकार कृषि विकास मन्त्रालयका सहसचिव हुनुहुन्छ । उहाँले नेपाल सरकार, दाता संस्था विश्व बैंक तथा निवर्तमान आयोजना निर्देशक योगेन्द्रकुमारकार्कीलाई धन्यवाद दिनुभएको छ ।
निवर्तमान आयोजना निर्देशकद्वारा धन्यवाद ज्ञापन
यसैगरी करिव अढाई महिनाअघि मन्त्रालयको योजना महाशाखामा सरुवा भएका प्याक्टका निवर्तमान आयोजना निर्देशक योगेन्द्रकुमार कार्कीले सम्वद्ध सबै पक्षलाई धन्यवाद दिनुभएको छ । उहाँले नेपाल सरकार, विश्व बैंक तथा प्याक्टको आयोजना व्यवस्थापन समूह, आयोजना कार्यान्वयन सहयोग समूह, प्रतिविधिक सहयोग समूह तथा क्षेत्रीय प्राविधिक सहयोग समूह,पब्लिक अवारनेस सर्भिसलगायतका आयोजनाका सम्पूर्ण अंगमा कार्यरत कर्मचारी तथा विज्ञहरुलाई आफ्नो कार्यकाल सफल रुपमा सम्पन्न गर्नमा सहयोग गरेकोमा धन्यवाद दिनुभएको । उहाँले मन्त्रालयमा रहँंदा आयोजनालाई सदैव सहयोग गर्ने र आफ्नो उत्तराधिकारीका रुपमा आयोजनामा प्रवेश गरेका नवनियुक्त निर्देशकले आयोजनालाई अझ सफल रुपमा अघि बढाउने विश्वास पनि व्यक्त गर्नुभएको छ ।