धदिङको ढोला गाविस पूर्ण खोप गाविस घोषणा

1116 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

213धादिङ-धादिङ जिल्लाको ढोला गाविसलाई सोमवारदेखि पूर्ण खोप गाविस घोषणा गरिएको छ । खोप लगाउनु पर्ने उमेर समुहका सबै वालवालिका र अन्य व्यक्तिले समेत खोपको मात्रा पुरा गरेपछि ढोला गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय र ढोला स्वास्थ्य चौकीको आयोजना र शान्ति नेपालको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथी बरिष्ठ जनस्वास्थ्य प्रशासक जिवनकुमार मल्ल रहनु भएको थियो भने ढोला स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमान शाक्यले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।
‘पूर्ण खोप सुरक्षित भविष्य, ढोलावासीको इज्जत सान,पूर्ण खोप हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको पूर्ण खोप गाविस घोषणा कार्यक्रममा नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ का सभापति विनोद तिमल्सिना र नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ का अध्यक्ष जानुका सिम्खडाको विशेष आतिथ्य रहेको थियो ।
ad1लक्ष्मी तिमल्सिना दुवाडीका ९ महिनाको छोरा सालिज दुवाडीलाई दादुराको खोप लगाएर कार्यक्रमको शुरुवात गरिएको थियो । कार्यक्रममा ढोला स्वास्थ्य चौकीका प्रमुख अलि अबकर हुसेनले स्वास्थ्य चौकीको स्थापना काल देखि अहिले सम्म भए गरेका मुख्य उपलव्धी,चालु कार्यक्रम, भावी योजनाहरुका वारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत शरद आचार्य, जनस्वास्थ्य निरीक्षक अधिकृत मोहन सुवेदी, नलाङ स्वास्थ्य चौकीका प्राुख रामप्रसाद सिलवाल, मुरलीभञ्ज्याङ स्वास्थ्य चौकीका प्रमुख कृष्णप्रसाद पौडेल,मैदी स्वास्थ्य चौकीका सिअहेव सुजन श्रेष्ठका साथै अन्य छिमेकी स्वास्थ्य चौकीका प्रमुख एव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
227त्यसै गरी महिला स्वास्थ्य स्वयमसेविका सञ्जाल धादिङका अध्यक्ष सावित्रा कोईरालाका साथै ढोला गाविसका ९ वटै वडाका महिला स्वास्थ्य स्वयमसेविका,आमा समुहका प्रतिनिधि, स्थानीय विद्यालयका शिक्षक, बिद्यार्थीहरुकोे पनि उपस्थिती रहेको थियो । कार्यक्रममा स्वास्थ्य चौकीको भवन निर्माणका लागि चार रोपनी जग्गा निःशुल्क दान दिने ढोला ८ का बिष्णुकुमार श्रेष्ठको परिवारलाई सम्मान गरिएको थियो । यस अघि जिल्लाको मुरलीभञ्ज्याङ हालको नीलकण्ठ नगरपालिका ८ ,९ र १० नम्बर नगरपालिकाका साथै मैदी गाविसलाई पूर्ण खोप क्षेत्रका रुपमा घोषणा गरिएको थियो ।