महिलालाई के कुराले रिस उठ्छ ?

554 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

5050worldघरमा श्रीमानले श्रीमतीको कुरा बुझ्न नसक्दा सधै कलह भैरहेको हुन्छ। कतिपनि सानासाना जो ख्यालै नगरेका कराहरुले परिवारमा तथा दाम्पत्य जीवनमा समस्या आउन सक्छ। यी सानातिना कुरालाई विचार गर्न सके दाम्पत्य जीवन सुखमय हुन सक्छ। के नगर्दा महिलाहरु लाई रिस उठदैन त ? जान्नै पर्ने केहि जानकारीहरु:
– महिलाले आफूसँग रहँदा आफ्नो साथी आफूसँग मात्र भुलोस् भन्ने चाहना राख्छिन् त्यसैले सँगै रहँदा पुरूषले फोनबाट अरूलाई सन्देश पठाउने फोन गर्ने तथा अन्य अफिसका काम गर्ने गरे महिलालाई रिस उठ्छ।
– महिलाले आफ्नो साथीलाई केही सोध्दा वास्ता नगर्ने वा त्यसतिर ध्यान नदिने तथा मलाई थाहा छैन भन्ने गरेमा पनि महिला रिसाउने गर्छन्। उनीहरुले पुरूषसँग केही सल्लाह लिन खोज्दा मलाई मतलब छैन जे सुकै गर भन्ने जवाफ आएमा महिलालाई थप तनाव पिडा र रिस उठ्छ।
– दिनभरी काम गरेर घर फर्केपछी पुरूषहरू प्राय चुप लागेर बस्ने गछैन । तर यो बानी महिलालाई फिटिक्कै मन पर्दैन। उनीहरू घर फर्केपछी कुरा गरून् आफूसँग बसोस् भन्ने चाहना राख्ने हुँदा त्यसो नगर्दा उनीहरुलाई रिस उठ्नु स्वभविक हो।
– कतै जानु परे या खाना खान बाहिर निस्किनु पर्ने भएमा पुरूषहरू चाडै तयार हुन्छन् तर महिलालाई तयार हुन थोरै समय बढी लाग्ने गर्छ। यस्तो अवस्थामा पुरूषहरूले महिलालाई चाडो गर भनेर बारम्बार भनिरहँदा पनि महिलालाई रिस उठ्छ।