दुई पुर्व पत्रकारलाई धादिङे पत्रकारको सम्मान

638 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0611धादिङ– नेपाल सरकारको सह सचिवमा बढुवा हुनुभएका धदिङका पुर्व स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ र धादिङ संचार सहकारी संस्थाले संयुक्त रुपमा सम्मान तथा विदाई गरेको छ । यसै गरी सरकारस् सेवामा भर्खरै प्रवेश गर्नुभएका पत्रकार कुसुम श्रीमललाई बुधवार धादिङबेसीमा सम्मन तथा विदाई गरिएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको निर्माणाधिन नयां भवनमा बुधवार आयोजना गरिएको एक कार्यक्रमका बिच दुई पुर्व पत्रकारलाई सम्मान तथा विदाई गरिएको हो ।
DSC_0600धादिङको स्थानीय विकास अधिकारी पदमा कार्यरत रहेको वेला तामाङ खुल्ला प्रतिष्पर्धावाट सह सचिवमा बढुवा हुनु भएको हो । गएको जेठ २८ देखि फागुन ११ सम्म धादिङको स्थानीय विकास अधिकारीका रुपमा तामाङले जिम्मेवारी वहन गर्नु भएको थियो । नेपाल सरकारको उप सचिवमा प्रवेश गर्नुअघि २०६७ साल सम्म आंफु पनि पत्रकारिता पेशामा रहेको तामाङले वताउनु भयो ।
धादिङमा रहंदा जिल्लाको योजना तर्जुमा र कार्यान्वयनमा बुद्धिमतापूर्ण निर्णय लिंदै उल्लेखनीय कार्य सम्पादन गर्न सबै पक्षबाट साथ र सहयोग पाउन सफल भएको भन्दै नेपाल पत्रकार महासंघ र धादिङ संचार सहकारी संस्थाले सह सचिव तामाङलाई प्रसंशा पत्र दिएर सम्मान गरेको हो । धादिङका प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरे,निमित्त स्थानीय विकास अधिकारी भरत अर्याल,कर्मचारी मिलन केन्द्रका अध्यक्ष एव्म जिल्ला वन अधिकृत राजेन्द्रसिंह भण्डारी लगायतको आतिथ्यमा तामाङलाई सम्मान गरिएको हो । तामाङलाई महासंघको तर्फवाट अध्यक्ष नवराज छत्कुली र धादिङ संचार सहकारीका अध्यक्ष राजेन्द्रकुमार बस्नेतले छुट्टाछुट्टै प्रसंसा पत्र दिनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको कार्य समिति सदस्य रहेको वेला नेपाल सरकारको खरिदार पदमा सेवा प्रवेश गर्नु भएका कुसुम श्रीमललाई पनि विदाई तथा सम्मान गरिएको थियो ।