लाङटाङ राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलनका लागि अनुमति

725 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

yaarshaha gumbaaरसुवा–रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको भुभाग समेटेको लाङटाङ राष्ट्रिय निकुञ्जले निकुञ्जको मध्यवर्ति क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुलाई यार्सागुम्बा संकलनका लागि इजाजत दिने भएको छ । सरकारले हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०७१ मा यार्सागुम्बा संकलन अनुमति दिनका लागि निर्देशन दिएअनुसार लाङटाङ राष्ट्रिय निकुञ्जले यार्सागुम्बा संकलन अनुमतिपत्र दिएको निकुञ्जका सहायक संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो । एक मौसममा बढिमा ३० दिनसम्मको लागि यार्सागुम्बा तथा वनस्पति बिक्रि बितरणका लागि संकलन गर्न अनुमति दिइने समेत उपाध्यायले बताउनुभयो । राष्ट्रिय निकुञ्ज नियमावली संशोधनले निकुञ्ज क्षेत्रभित्र पर्ने यार्सागुम्बा तथा वनस्पती बिक्रि वितरणका लागि संकलन इजाजत दिने व्यवस्था गरेको छ ।