बैदेशिक रोजगारीमा जाने महिलाहरुको सुरक्षाका बिषयमा छलफल

686 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20150325_090231धादिङबेसी–सुरक्षित बैदेशिक रोजगारीमा जाने महिलाहरुको सुरक्षा र उनिहरुका वालवालिकाका निम्ति गरिनुपर्ने सहयोगका बिषयमा जिल्ला स्तरीय छलफल कार्यक्रम बुधवार धादिङबेसीमा सम्पन्न भएको छ ।
पौरखी नेपालको आयोजनामा भएको छलफल कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक वासुदेव थापा,जिल्ला विकास समितिका लेखा परीक्षण अधिकृत हरीपाटा मगर, जिल्ला सरकारी कार्यालयका सहायक न्यायधिबक्ता जानकी प्रसाद घिमिरे,महिला तथा वालवालिका कार्यालयका निर्मला केसी, सुरक्षित आप्रवासन परियोजना (सामी) का जिल्ला संयोजक कमल रोकाय,गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल , पौरखी नेपालका केन्द्रिय अध्यक्ष म१जु गुरुङका साथै जिल्लामा कृयाशिल गैर सरकारी संस्थाका प्रतिनिधिहरुले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा बैदेशिक रोजगारीमा गएर फर्किएका महिलाहरुको अवस्था, भाषा र सीपको अभावमा विदेशमा पुगेका महिलाहरुले भोग्नु परेको समस्या, सुरक्षित आप्रवासनका निम्ति गरिनुपर्ने उपायहरुका बिषयमा छलफल गरिएको थियो ।
पौरखी नेपाल धादिङ शाखाका अध्यक्ष राममाया श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रममा वैदेशिक रोजगारीमा गएर फर्किएका महिलाहरुको पनि सहभागिता रहेको थियो ।