दैनिक ६७ जना नेपाली महिला वैदेशिक रोजगारमा

643 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

mahila-raojgar

काठमाठौं– चालु आर्थिक वर्षको फागुन मसान्तसम्म उपलव्ध तथ्यांकको आधारमा वैदेशिक रोजगारीका लागि दैनिक ६७ जना महिलाहरू रोजगारीका लागि विदेशिने गरेका छन ।

वैदेशिक रोजगार विभागले पेश गरेको तथ्यांकअनुसार चालु आ.व.को फागुन मसान्तसम्म (८ महिना) मा १५ हजार ९ सय ३९ जना नेपाली महिलाहरू विदेशिएका छन् । यो तथ्यांकका आधारमा औसतमा एक दिनमा ६७ जना महिलाहरू विदेशिने गरेको पाइएको हो ।

साउनमा १५ सय २५ जना, भदौमा २६ सय २६ जना, असोजमा २१ सय ३५ जना, कात्तिकमा १९ सय २४ जना, मंसिरमा १९ सय ७२ जना, पुसमा १७ सय ८३ जना, माघमा १७ सय ९१ जना, फागुनमा २ हजार ६३ जना महिलाहरू रोजगारीका लागि विदेशिएको विभागले जनाएको छ ।

तथ्यांकको आधारमा चालु आ.व.को फागुन मसान्तसम्ममा सवैभन्दा बढी नेपाली महिला कामदार युएइमा ५६ सय ८२ जना गएको देखिएको छ । त्यसैगरी ४३ सय ३० जना महिला कामदार मलेसिया गएका छन् भने १७ सय ४८ जना महिला रोजगारीका लागि कतार गएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ । अन्य देशहरूमा भने निकै कम संख्यामा नेपाली महिला कामदारहरू जाने गरेका छन् ।

रोजगारीका लागि महिलाकोे तुलनामा पुरुषहरूको संख्या विदेशिनेमा अत्यधिक छ । वैदेशिक रोजगार विभागका अनुसार साउनमा ४० हजार ६ सय ८४, भदौमा ४८ हजार ९ सय ५, असोजमा ३३ हजार ४ सय १५, कात्तिकमा ४१ हजार २ सय ८९, मंसिरमा ५१ हजार ३ सय ८२ र पुस महिनामा ४३ हजाार ५ सय ७९, माघमा ४७ हजार १ सय ५०, फागुनमा, ४२ हजार ३ सय ९७ जना पुरुषहरू विदेशिएका छन् । चालु आवको ८ महिनामा कूल ३ लाख ४८ हजार ८ सय १ जना पुरुष रोजगारीका लागि विदेशिएका छन् । यसरी ८ महिनामा कूल ३ लाख ६४ हजार ७ सय ४० जना नेपाली विदेशिएका छन् ।

यो वर्षको ८ महिनामध्ये सबैभन्दा बढी मंसिर महिनामा विदेशिएका छन् । मंसिर महनिामा मात्रै ५१ हजार ३ सय ५४ जना विदेशिएको विभागले जनाएको छ । त्यस्तै, असोज महिनामा सबैभन्दा कम ३५ हजार ५ सय ५० जना नेपालीहरू रोजगारको सिलसिलामा देश छोडेका छन् ।