हाक्का हाक्की हांस्य सिरियल लिएर दमन रुपाखेती आउंदै

959 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11117354_372452589607995_1142345216_nचर्चित हास्य कलाकार दमन रुपाखेती यतिबेला नयाँ सिरियल बनाउँन व्यस्त छन् ।सामाजिक विसंगति लाई हास्यव्यंग्य क्षेत्रबाट व्यंग्य गर्दै समाज मा रहेको बिकृति विसंगति शोषण कुरुती आदिलाई परास्त पार्नको लागि नयाँ टेलिसिरियल हाक्काहाक्की को उदय हुदै छ lउक्त कार्यक्रम मा कलाकार दमन रुपाखेती ,सुजित थापा ,राम थापा ,कविता शर्मा ,राधा श्रेष्ठ, कमला रेग्मी अर्याल, राजु कमेडी ,उमेश कुमार केसी ,राजु भुजु, मणि राज काफ्ले ,राजन चौलागाई आदि कलाकारहरु को मुख्य भूमिका रहेका छ lउक्त कार्यक्रम को लेखन निर्देशन दमन रुपाखेतीले गरेका छन । नयाँ कार्यक्रमले समाज परिवर्तन लाई विशेष भूमिका खेल्ने रुपाखेतीले वताए । कार्यक्रमको निर्माण राम थापा र व्यवस्थापकमा उमेश कुमार केसी  रहेका छन ।   कार्यक्रम नेपाल टेलिभिजन (ntv) बाट शनिबार ८:५० देखि ९:३० सम्म आउनेछ l

विभिन्न सिरियलहरुमा मुख्य भुमिका निर्वाह गरिसकेका रुपाखेती यस अघि मेरी बास्सै, झ्याउकुटीझ्याइ,डिठ्ठा साब हुदै उनी नयाँ सिरियलतिर लागेका हुन् । अहिले उनले सम्पूर्ण कलाकार नयाँ लिएर सिरियल निर्माण गरिरहेका छन् ।