बजेट एयरलाइन्सले मलेसियामा बढायो नेपाली पर्यटक

548 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

malesiya_tourist_nepali_422800221मलेसिया : मलेसियाबाट सस्तो टिकट दरका वायु सेवाले सेवा दिन थाले पछि मलेसियामा नेपाली पर्यटक बढ्न थालेका छन्। नेपालबाट पर्यटक भिसामा मलेसिया जाने पर्यटकलाई ट्राभल एजेन्सीले दिने प्याकेज, बजेट एयरलाइन्स तथा भिसा प्रक्रियाको सहजताका कारण मलेसियामा नेपाली पर्यटकको संख्या बढेको हो अन्नपूर्ण पोष्ट डट कम मा खबर छ ।
सस्तो सेवा दिइन थालेपछि करिब २० प्रतिशतले पर्यटक बढेका छन्। टुरिजम मलेसियाका अनुसार सन् २०१४ मा नेपालबाट एक लाख ५९ हजार एक सय ४४ जना नेपाली पर्यटक मलेसिया पुगेका छन्। यो तथ्यांक सन् २०१३ मा त्याहाँ पुगेका एक लाख ३१ हजार एक सय ३८ जनाको तुलनामा २० प्रतिशतले बढी हो।
नेपालबाट मलेसिया जाने पर्यटकको उदेश्य नै घुमघाम हुने गरेको टुरिजम मलेसियकी पर्यटन अधिकृत सलिमा मोहम्मद अलीले बताइन्। मलेसियाले पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएकै कारण अन्तर्राष्ट्रिय पर्यटक बढेको अलीले बताइन।
नेपालबाट आउने पर्यटक बढाउन पनि मलेसियाले बेलाबेलामा विभिन्न पर्यटन प्रवद्र्धनको अभियान चलाउने गरेको उनले जानकारी दिइन। मलेसिया आउने अधिकांस पर्यटक मनोरञ्जनात्मक भ्रमण गर्न र यहाँको विकास निर्माण हेर्न रुचाउँने गरेको उनले बताइन।
नेपालबाट पर्यटक भिसामा मलेसिया जाने पर्यटकलाई ट्राभल एजेन्सीले दिने प्याकेज, बजेट एयरलाइन्स तथा भिसा प्रक्रियाको सहजताका कारण मलेसियामा नेपाली पर्यटकको संख्या बढेको हो।
मलेसियाबाट सन् २०१२ देखि एयर एसिया एक्सले नेपालमा बजेट एयरलान्सको सेवा सुरु गरेपछि नेपालबाट बाहीरिने पर्यटकको संख्या ह्वात्तै बढेको छ। सन् २०११ मा ८१ नेपाली पर्यटक मलेसिया गएकोमा सन् २०१२ मा एक लाख २३ हजार पुगेको तथ्यांकले देखाएको छ।
सन् २०१२ मा नै थपिएको मलेसियन एयरलान्इसको सेवापछि डेढ लाख नेपाली पर्यटक मलेसिया पुगेका छन। सन् २०१५ बाट थपिएको मालिन्दो एयरको प्रवेले नेपाली पर्यटक बढाउन थप सहज हुने मलेसियाको भनाइ छ।
नेपालबाट बजेट र लेगेसी (महङ्गो) टिकेटलाई कम्बाइन्ड गरेर मालिन्दो एयरले हाइब्रिड सेवा सुरु गरेको छ। मालिन्दोको सेवापछि नेपालबाट मलेसिया जाने पर्यटक अझै बढ्ने यो वायुसेवाले जानकारी दिएको छ।राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमसहित हाल चार वायुसेवाले काठडमाडौंबाट मलेसियाका लागि सोझो हवाई उडान सेवा दिइरहेका छन्।
आक्रामक भौतिक पूर्वाधारको विकासमा गरिरहेको मलेसिया नेपालीको प्रमुख श्रम गन्तव्य मात्रै नभएर भ्रमण गन्तव्य पनि बनेको छ।
नेपालीको घुम्ने बानीमा विमास भैरहेका बेला नेपाली ट्राभल एजेन्सीले आउटबाउण्ड टुरिजममा मलेसियालाई प्राथमिकता दिएर टुर प्याकेज बनाउनु मलेसियामा नेपाली पर्यटक बढ्दै जानुको प्रमुख कारण भएको नेपाली पर्यटन व्यवसायीको भनाइ छ।
मलेसियाले थालेको प्रचारात्क अभियानले पनि पर्यटक बढाउन सहयोग पुर्‍याएको टुरिजम मलेसियाले बताएको छ। सन् २०१४ को लागि भिजिट मलेसिया वर्ष मनाएको मलेसियाले सन् २०१५ लाई फेस्टिवल एयर घोषणा गरेको छ।
पर्यटन प्रवद्र्धनकै लागि गत मार्च २७ मा मलेसियाको क्वालालम्पुरमा विभिन्न १२ देशका करिब एक सय ५० प्रतिनिधिसहित पर्यटन प्रवद्धनात्मक गोष्टिको आयोजना गरिएको थियो। टुरिजम मलेसियाले आयोजना गरेको यो गोष्ठिमा नेपालबाट संचारकर्मीको टोली समेत यहाँ आइपुगेको थियो।
पछिल्ला वर्षमा यहाँ अन्तर्राष्ट्रिय पर्यटकको आगमन सन्तोषजनक भएको टुरिजम मलेसियाको भनाइ छ। मलेसियाले सन् २०१४ मा दुई करोड ७५ लाख पर्यटक भित्र्याएको छ।
सन् २०१४ मा पर्यटन क्षेत्रबाट मलेसियाले एक अर्ब ५३ करोड मलेसियन रिङ्गेट आम्दानी गरेको थियो। मलेसियाले पर्यटक भित्र्याउने सूचिमा विभिन्न ४५ देशमध्ये नेपाललाई सन् २०१४ मा १३ औं स्थानमा राखेको छ। वार्षिक ६२ प्रतिशतको होटल अकुपेन्सी दर रहेको मलेसियामा प्रति पर्यटक आम्दानी २५ सय ४४ रिङ्गेट रहेको छ।
नेपालबाट आउटबाउन्ट टुरका लागि आउने पर्यटको तुलनमा नेपाल भित्रने पर्यटक भने न्यून रहेको छ। नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१४ मा १२ हजार आठ सय ७० जना मलेसियाली पर्यटकले नेपाल भ्रमण गरेका छन्।
सन् २०१३ मा १७ हजार आठ सय ७० जनाको तुलनामा यो वर्ष २५ प्रतिशतले घटेको छ। नेपालमा आउने मलेसियाली पर्यटक घटिरहेको भए पनि नेपालीको बाहीरिने उत्साह भने बढेको देखिएको छ।
मलेसियामा पर्यटक बनेर जाने नेपालीको उद्देश्य भ्रमण, सपिङ, सभा-सम्मेलन हुने गरेको छ।