चेतना अभावको कारणले कृषकहरु अत्यधिक विषादी प्रयोग गर्दै

773 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

 bisadiधादिङ– धादिङका कृषकहरुले कृषि बालिमा जथाभावी विषादी हाल्ने गरेका छन् । बजारमा बेच्न प्रतिबन्धित विषादी र कडाखाले विषादी प्रयोग गर्दा उपभोक्ताहरु मारमा परेका छन् । नेपाल सरकारबाट विषादी बेच्ने ईजाजत पत्र समेत नलिइएका किराना पसलमा पाईने अत्यधिक कडा विषादीहरु खुलेआमा विक्रि वितरण हुँदा पनि सम्बन्धित निकाय भने मौन रहेको छ । दर्ता विनानै खुलेआम खुलेका एग्रोभेटहरुमा पनि कडा खाले विषादी प्रयोग हुने गरेकोे भएपनि नियमन निकाय भने मौन रहेको छ । धादिङको पिडा गाउँ विकास समितिको पुकुनमा विषादी रोटी खादा ६ जनाको मृत्यु भएपछी बजार अनुगमन गरेपनी अहिले बजार अनुगमनले निरन्तरता पाउन सकेको छैन । कृषि उपजमा कडा विषादी प्रयोग गर्दा सर्वप्रथम कृषकलाईनै बढी असर गर्ने सरोकारवाला निकायले बताएका छन् । उत्पादन बढी लिने उद्देश्यले कृषकहरुले बजारमा आएका विभिन्न कडा खाले विषादी प्रयोग गर्ने गरेको उनीहरुले बताएका हुन् । उपभोक्ता हित संरक्षण मञ्च धादिङले विषादी प्रयोगको बारेमा किसानहरुलाई जानकारी गराएपनि त्यो त्यती प्रभावकारी बन्न सकेको छैन । जिल्लामा तरकारी तथा पशुपालन गर्दै आएका किसान तथा व्यवसायीहरुले उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकुल असर पर्ने गरि अत्याधिक मात्रामा विषादी प्रयोग भएको जनगुनासो आउन थालेपछि यसलाई न्यनिकरण गर्न मञ्चले धादिङका सरोकारवाला,किसान तथा उपभोक्ताहरुसंगको छलफललाई तिव्रता दिएको छ । विशेषगरी तरकारीमा रासायानिक विषादी बढि मात्रामा प्रयोग हुने गरेको हो । विषादी न्युनीकरणको लागी कृषकहरुमा रासायानिक विषादी तथा जैविक विषादी विचको फाईदा र वेफाईदाको बारेमा जानकारी गराउने पर्ने देखीएको छ । विशेषगरी तरकारीमा रासायानिक विषादी बढि मात्रामा प्रयोग हुने गरेको, किसानहरुले आफुले खानका लागि र वेचविखनका लागी छुट्टा–छुट्टै तरकारी उत्पादन गर्ने गरेको भेटिएकोले यसो नगर्न सरोकारवालाहरुले अनुरोध गरेका छन् । अत्यधिक विषादी प्रयोगको कारण माटोमा ह्रास आउनुको साथै उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकुल असर देखा पर्ने छ ।