स्वास्थ्य मुल्यांकनमा ७५ जिल्ला मध्ये धादिङ तेस्रो

500 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- स्वास्थ्य क्षेत्रको हिसावले धादिङ जिल्ला ७५ जिल्ला मध्ये तेस्रो स्थानमा पर्न सफल भएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक बर्ष २०७०÷०७१ मा कार्यसम्पादनका आधारमा गरेको स्वास्थ्य मुल्यांकनमा धादिङ जिल्ला तेस्रो बन्न सफल भएको हो ।  कार्यसम्पादनमा धादिङले ८८.७२ अंक पाएको छ । पहिलोस्थानमा पाल्पाले ९०.४७ अकं ल्याउन सफल भएको छ भने सबैभन्दा नाजुक जुम्लाको अवस्था एकदमै नाजुक रहेको छ ।  कार्यक्रम कार्यान्वयनको अवस्थ, बजेट खर्च, कार्यलयमा उपस्थिती, रिपोर्टिङ, सुचकको उपलब्धिलगायका आधारमा जिल्लाहरुलाई मुल्यांकन गरिएको जिल्ला स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । जिल्लाहरुको बर्गीकरण अनुसार ९० प्रतिशत भन्दा माथिलाइृ अति उत्तम। ८० देखी ८९ प्रतिशतसम्मलाई उत्तम र ७० देखी ७९ प्रतिशतसम्म अंक पाउनेलाई मध्यम सुधार गर्नुपर्ने र ५० देखी ६९ प्रतिशत अंक पाउनेलाई न्युन धेरै सुधार गर्नुपर्ने जिल्लामा राखीएको छ ।