ज्येष्ठ नागरिकलाई निःशुल्क कम्प्युटर वितरण गरिने

476 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesमोन्टेभिडियो (उरुग्वे), २६ चैत । यस बर्षको अन्त्यतिर अवकाश प्राप्त सबै सरकारी कर्मचारीहरुलाई जनही एक एक थान हाते कम्प्युटर (इलेक्ट्रोनिक ट्याब्लेट) निःशुल्क वितरण गरिने ।उरुग्वे सरकारले बुधबार घोषणा गरेको छ ।

राष्ट्रपतिय पदका लागि केही समयअघि सम्पन्न पुनःनिर्वाचनको प्रचारप्रसारमा लाग्नुहुँदा उरुग्वेका वर्तमान राष्ट्रपति ताबारे भाजक्वेजले एउटा आमसभालाई सम्बोधनको क्रममा गर्नु भएको प्रतिज्ञा पूरा गर्न सरकारले सो घोषणा गरेको हो ।

उरुग्वेमा सम्पन्न पछिल्लो पटकको राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति भाजक्वेज दोस्रो पटक पनि बिजयी हुनु भै गतः मार्च १ देखि आफ्नो दोस्रो कार्यकाल सम्हाल्दै आउनु भएको छ ।

सरकारले सन् २००७ देखि बृहत् सामाजिक कार्यक्रम लागू गर्दै सोही वर्ष देशभरका सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई जनही एक एक थान ल्यापटप कम्प्युटर वितरण गरेको थियो ।

राष्ट्रपति भाजक्वेजको पहिलो कार्यकाल अवधि सन् २००५ देखि २०१० सम्ममा सरकारले सामुदायिक विद्यालयका ६ लाख ७० हजार विद्यार्थीलाई ल्यापटप कम्प्युटर वितरण गरिसकेको छ ।

हाल घोषणा गरिएको यस कार्यक्रम पनि बृहत् सामाजिक कार्यक्रम अन्तर्गतकै एक अङ्ग भएको जनाइएको छ । कार्यक्रम प्रमुख मिगेल ब्रेस्नरले सो ट्याब्लेटहरु आपूर्तिका लागि बोलपत्र आह्वान गर्नेलगायतका प्रक्रियाहरु गत हप्तादेखि नै सुरु गरिसकिएको सञ्चार माध्यमलाई बताउनुभयो ।

वितरण गरिने ट्याब्लेटमा व्यक्तिगत स्वास्थ्य अनुगमन, सरकारी कार्यालयहरुमा निवेदन दिँदा भर्नुपर्ने फारामहरुका ढाँचा, दूरशिक्षा, मनोरञ्जन तथा अन्य थुप्रै घतलाग्दा विषयहरुको सङ्गालोसहितको सफ्टवेयर जडान गरिएको हुनेसमेत बे्रस्नरले बताउनुभएको छ ।