चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु हुँदै, ३४ वटा विद्यालयका विद्यार्थी बीच प्रतिस्पर्धा हुने

772 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

khelधादिङ– जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा शुक्रबारबाट चौथौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुने भएको छ । मध्यान्ह १२ बजे पुछार बजारबाट ¥याली सहित खुल्लामञ्चमा पुगेर प्रतियोगिताको उद्घाटन गरीने जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको छ । खेलकुदको माध्ययमबाट विद्यार्थी भित्र रहेको प्रतिभालाई उजागर गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिामा सहभागी गराउने उद्देश्य सहित विगत केहिबर्षदेखी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सन्चालन हुँदै आईरहेको छ । धादिङको तीन वटा निर्वाचन क्षेत्रबाट ३४ वटा माध्यमिक विद्यालयको सहभागीता रहने जिल्ला खेलकुद विकास समिति धादिङका प्रमुख कृष्णलाल श्रेष्ठले बताउनु भयो । तीन दिन सम्म सन्चालन हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । प्रतियोगितमा सहभागी जनाउनको लागी जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी यसअघिनै धादिङबेसी आईसकेको छन् भने केहि विद्यालयका विद्यार्थीहरु आउने क्रम जारी रहेको छ । प्रतियोगिताको पहिलो दिन आज छात्र÷छात्रा भलिवल, १५ सय मिटर दौड हुने छ । प्रतियोगितामा सन्चालन भएको खेलकुदका बिजयी विद्यार्थीको आधारमा विद्यालयले अंक पाउने छ । चैत्र २९ गते सम्म सन्चालन हुने प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयले क्रमश नगद १५ हजार, १२ हजार, ९ हजार र शिल्ड,कप, मेडल र प्रमाण पत्र पाउने छन् ।