डिफेन्डिङ च्याम्पियन फुलखर्क र सत्यवती बीच कडा प्रतिस्पर्धा, फुलखर्कलाई पछ्याउदै सत्वयती

922 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bajeshworiधादिङबेसी– जिल्ला सदरमुकाम धादिङबेसीमा शुक्रबारदेखीे चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज सकिदै छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाको उद्घाटन गर्नुृभएको खेलकुद प्रतियोगिता अन्तरगत आज फाईनल चरणको खेलहरु हुने जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको छ । ३२ वटा विदालयका ६ सय विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा आज छात्र÷छात्रा भलिवल, रिले दौड र सटपुट प्रतियोगिताको फाईनल खेल हुने जिल्ला खेलकुद विकास समितिका प्रमुख कृष्ण लाला श्रेष्ठले जानकारी दिनुभयो । विगतका बर्षहरुमा जस्तै यसबर्ष पनि खेलहरु रोमाञ्चक मुडमा पुगेको छ । प्रतियोगिता अन्तरगत यबसर्ष प्रथम हुने टोली बीच कडा प्रतिस्पर्धा भईरहेको छ । फुलखर्क उच्च माध्यमिक विद्यालय फुलखर्क र सत्यवती उच्च माध्यमिक विद्यालय आदमटार बीच कडा प्रतिस्पर्धा भईरहेको छ । अहिले सम्मको नतिजा हेर्ने हो भने यी दुई विद्यालय बीच थोरै अंकको फरक रहेको छ । फुलखर्क उमावि गत बर्षको च्याम्पियन हो भने सत्यवती उमावि पहिलो पटक ट्रफि उचाल्ने दाउमा रहेको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयले क्रमश नगद १५ हजार, १२ हजार, ९ हजार र शिल्ड,कप, मेडल र प्रमाण पत्र पाउने छन्