भेटघाट कार्यक्रमको निमन्त्रणा

536 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल सरकारको मिति २०७१/१२/२२ को निर्णयानुसार जिल्ला विकास समितिको कार्यालय, धादिङमा पदास्थापन हुनु भएका स्थानीय विकास अधिकारी श्री लक्ष्मण विक्रम थापाज्यू र पत्रकार एवं मिडियाकर्मी बीच भेटघाट कार्यक्रम देहाय अनुसार तय गरिएको छ । उक्त कार्यक्रममा सहभागिताको लागि जिल्लामा क्रियाशील (स्थानीय तथा राष्ट्रिय संचार संस्थासंग आवद्ध पत्रकारज्यूहरु, मिडिया हाउसका प्रतिनिधिज्यूहरु, स्थानीय टिभि, रेडियो, दैनिक तथा साप्ताहिक पत्रिकाका प्रशाशकज्यूलाई लाई सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछु । 
बोधार्थ ः 
अध्यक्षज्यू, नेपाल पत्रकार महासंघ, धादिङ : समन्वयको लागि सहयोग गरिदिनुहुन । 
कार्यक्रम 
मिति २०७२ बैशाख ३ गते
समय ः विहान ११ः३० बजे
स्थान ः जिविसको बैठक कक्ष

नयाँ वर्ष २०७२ को हार्दिक मंगलमय शुभ–कामना 

भोला प्रसाद गौतम
सूचना अधिकृत
जिविस, धादिङ