यूएईमा गतबर्ष ६० जना नेपालीले ज्यान गुमाए

801 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

उमाकान्त पाण्डे/यूएई , बैशाख १ � संयुक्त अरब एमिरेट्स यूएईमा गत बर्ष २०७१ मा ६० नेपालीले ज्यान गुमाएका छन । आबुधाबीस्थित यूएईका लागि नेपाली दूतावासले दिएको तथ्याङकअनुसार बि.स. २०७१ मा ६० जना नेपाली कामदारको मृत्यु भएको हो ।
यो सख्या अघिल्लो बर्षमा भन्दा ३ जनाले थोरै हो । अघिल्लो वर्ष ६३ जना नेपाली कामदारको यूएईमा मृत्यु भएको थियो ।
तथ्याङक अनुसार मृत्युमा सबैभन्दा बढि �सडेन कार्डियक एरेस्ट� (सुतेको सुत्यै भएर ज्यान गएको), आत्महत्या तथा सडक दुर्घटनाका कारण छन । यसका साथै कार्यस्थलमा दुर्घटना, मस्तिष्क पक्षघात, र प्राकृतिक मृत्यु पनि यो संख्यामा समेटिएको छ । मृत्यु हुनेहरुको संख्या अघिल्लो बर्ष २०७० मा भन्दा यस् बर्ष  ०७१ मा ३ जनाले घटेको छ ।
बिस २०७१ मा ज्यान गुमाउने ६० जनामध्ये ४ महिला र बाँकी ५६ जना पुरुष छन । ज्यान गुमाउनेमध्ये धेरैको सुतेकै अवस्थामा मृत्‍यु भएकाले प्राकृतिक कारण भनिएको छ । १० जना नेपालीले �आत्महत्या� गरेको र १२ जनाको सडक दुर्घटनामा परेर ज्यान गएको हो । स्याङ्जा आरुखर्क ४ का सुरज सेवा दमाइको अज्ञात समुहको लौरो प्रहारबाट र बाँकीको हृदयघात , ब्रेन क्यान्सर तथा अन्य अन्य बिबिध कारणले ज्यान गएको दुतावासले जनाएको छ ।
दूतावासले दिएको तथ्याकं अनुसार ०७१ सालको पहिलो महिना बैशाखमै ४ जनाले ज्यान गुमाएका थिए भने असारमा सबैभन्दा कम १ जना र माघमा सबैभन्दा धेरै ८ जना नेपालीको यूएईमा ज्यान गएको थियो ।
सन २०६० देखि २०७१ सम्ममा युएमा करीब १ हजार बढी नेपालीले ज्यान गुमाइ सकेका छन् । गएको ४ वर्षमा २ सय ५० भन्दा धेरै नेपालीले युएईमा आत्महत्या गरिसकेको दुतावासको तथ्यांकले देखाएको छ । आत्महत्याका घटना वार्षिक बढीरहेकोमा सरोकारवाला संघसस्था चिन्तित छन ।  त्यस्तै सडक दुर्घटनामा परेर यूएईमा ज्यान गुमाउनेको सख्या पनि बढेको छ । यसरी ज्यान गुमाउनेहरु मध्ये धेरैजना  पहिलो पटक बिदेशिएका नेपालीमध्ये छन ।
औसतमा ज्यान गुमाउने नेपालीको सँख्या घटेको छ । दुतावास एक्लैबाट सबै काम सम्भव नहुने र यसकालागि यहाँ रहेका सबैले सचेत भई जानकारी लिने दिने र खानपीनमा ध्यान दिएर काम गरे मृत्युदरलाई न्युन मात्र होइन शुन्यमा लैजान सम्भव रहेको दुतावासका द्धितिय सचिव कृष्ण अर्यालले बताउनुभयो ।
यूएईमा कतिपय नेपालीहरु विभिन्न अभियोगमा अझैसम्म जेल सजाय भोगिरहेका छन । जेलजीवन बिताई पर्वतका दुर्गाबहादुर सुनार आफ्नो अभियोग बाट मुत्त भई गत बर्ष नेपाल फर्किए । स्याङ्जाका थम बहादुर कुवर परीबन्धनमा परेर हत्या अभियोगमा अदालती प्रकृयामा मुद्दा लडेर यसै हप्ता नेपाल फर्किएको एनआरएन यूएईका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो ।
यस् बर्ष कुनै नेपालीले आममाफी भने पाउन सकेनन । जेलमा परेका मध्ये अमरबहादुर बम, अनिश खालिङ राई अझै जेल मुत्त हुन सकेका छैनन ।