ओझेलमा धार्मिक पर्यटकीय गन्तव्य बोकेको थांक्रेको उग्र शक्ती छिन्द्रिङ कालीदेवी  (फोटो फिचर )

2475 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

??????????????????????धादिङ- धादिङ जिल्लाको थांक्रे गा.वि.स. वडा न. ७ राम्चे गाउँ को सिरान जंगलमा रहेको उग्र शक्ती छिन्द्रिङ कालीदेवी माताको मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा  विकास गर्न स्थानीयवासी जागरुक वनेका छन ।
देशमा रहेका विभिन्न शक्ती पीठ मध्य उग्र शक्ती छिन्द्रिङ कालीदेवी माता पनि एक भएको भन्दै यहांका वासिन्दाले हरेक वर्ष चैत र वैशाख महिनाको विचतिर साइत जुराएर सामुहिक पुजा गर्ने गरेको स्थानीयववासी वताउंछन ।
Sudhar hudai r isthapna mrti r puja gareko  (7) (1)आस्थाको देवी भएपनि मन्दिर जिर्ण अवस्थामा पुगेकाले सो मन्दिरको जिर्णोद्धारका लागि मेहर सिहं तामाङको अध्यक्षतामा ११ सदस्यिय मन्दिर संरक्षण सम्बद्र्धन समितिको गठन भई सक्रिय रहेको छ । समितिको उपाध्यक्षमा मानवहादुर वल सचिवमा नरेन तितुङ,उप सचिवमा मिलन तामाङ,कोषाध्यक्षमा नानी तामाङ र सदस्य राजमान तामाङ रहनु भएको छ । यसैगरी समितिको सल्लाहकारमा कर्ण घलान,बुद् तामाङ . लो,शिव तामाङ,कृण्ण घलान र उर्मीला तामाङ रहनु भएको छ ।
mandir  bat dekhine 7 gumti bato (2) (1)समितिको गठन पछि मन्दिरको सुधारका प्रयास थालनि भएको अध्यक्ष तामाङले वताउनु भयो । समितिको पहलमा रातोपुल काठमाण्डौ निवासी जीवन प्रधानबाट मन्दिर हाताको संरक्षणका लागि एकलाख एकहजार एकसय एक रुपैया, एग्रो टप ईण्डष्ट्रि«ज कम्पनी नेपाल बाट केही निमार्ण सामाग्री र फार्मका व्यस्थापकिय निर्देशक साधुराम वस्नेत वाट दश हजार रुपैया लागतको १६ इन्च अग्लो शिवको मुर्ति सहयोग स्वरुप प्राप्त भएको पनि अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
मन्दिरको जिर्णोद्धार र उचित प्रचार प्रसार हुन सके यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्ने सम्भावनाको खोजी गर्दै श्रमदान सहयोग वाट मन्दिर मर्मतसुधार गएको चैत्र ३० गते सामुहिक पुजाआजा गरि मन्दिरको सिलान्यास सम्पन्न भएको समितिले वताएको छ । मन्दिरको शिलान्यासको अवसरमा धार्मिक स्थल मनकामना घर भई हाल काठमाण्डौ सानो भञ्याङ वस्ने अन्जन र श्रीमती लक्ष्मी थापाको परिवारवाट मन्दिर समितिलाई चन्दा स्वरुप पाँचहजार सात रुपैयाँ प्राप्त भएको थियो ।
???????????????????????????????ओझेलमा परेको उग्र शक्ती छिन्द्रिङ कालीदेवी  शक्तीपीठ पुग्नका लागि नौविसे देखि त्रिभुवन राजमार्गको ७ घुम्ती हुंदै हाप्सेचौर वजार पुगेपछि उकालोवाटो भएर राम्चे हुदै करिव ३ किलोमिटरको दुरीमा रहेको छ । मन्दिर क्षेत्रलाई लाई पर्यटकीय क्षेत्र वनाउन मन्दिर सम्म मोटर पुग्ने गरी सडक निर्माण गर्न सके मन्दिरको कारण यस क्षेत्रको आर्थिक, सामाजिक सुधारहुनुका साथै स्थानीयस्तरमा रोजगारीको अवसर बृद्धि हुने समाजसेवी साधुराम बस्नेतले वताउनु भयो । राजधानीको नजिकै रहेको र मनोरम प्राृकतिक स्थलमा मन्दिर रहेकाले यस क्षेत्रलाई थोरै मेहनतले नमुना धार्मिक पर्यटकीय क्षेत्र वनाउन सकिने वस्नेतको सुझाव छ ।

Sudhar hudai r isthapna mrti r puja gareko  (1) Sudhar hudai r isthapna mrti r puja gareko  (2)  Sudhar hudai r isthapna mrti r puja gareko  (5) ???????????????????????????????

तस्बिर सौजन्य  : साधुराम बस्नेत एग्रो टप ईण्डष्ट्रिज कम्पनी नेपाल..मुलखोला थांक्रे