मुसलमान बन्‍न नमान्दा र्इसार्इ धर्मावलम्बीको टाउको काटेर हत्या

893 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

27BCFDE400000578-3045711-It_comes_just_two_months_after_the_extremist_group_in_Libya_behe-a-78_1429452682869फोटो :एजेन्सी
एजेन्सी : इराकसहितका मुलुकमा आतंकको पर्याय बनेको इस्लामिक स्टेट लडाकू समूहले इथियोपियाका ३० जना र्इसार्इ धर्मावलम्बीको टाउको काटेर हत्या गरेका छन् ।

लिबियामा बन्धक बनाइएका करिब ३० जना इथोपियायाका ईसाई धर्मावलम्बीलार्इ हत्या गरिएको भिडियो आइएसले नै सार्वजनिक गरेको हो । करिब २९ मिनेटको यो भिडियोमा आतंकारी समूहका सदस्यले ती बन्धक मानिसलार्इ दुर्इवटा समूह बनाएर पक्डेको देखाइएको छ ।

उनीहरुलार्इ पक्रेर राखिएको भिडियोमा ‘दुश्मन इथोपियाली चर्चका क्रसका अनुयायीहरु’ भनेर लेखिएको छ ।

कालो नकाब लगाएका एक युवाले पेस्तोल देखाउँदै दिएको आफ्नो बयानमा ईसाई धर्मावलम्बीलार्इ धम्की दिइएको छ । यदि र्इसार्इहरुले इस्लाम कबूल नगरेमा उनीहरुको जस्तै हालत बनाउने धम्की ती बन्दुकधारी युवाले दिएका छन् ।

यो भिडियोमा उनीहरुले इस्लाम कबुल नगरेकाले हत्या गरिएको दाबी आइसले गरेको छ। भिडियोमा नकाब लाएका आइएसका सदस्यहरुले समुद्रको किनारमा बन्धकमध्ये १२ बन्धकको टाउको काटिरहेका छन् ।

त्यसैगरी दोस्रो समूहका १६ जना बन्धकलार्इ मरुभूमिमा गोली हानी मार्दै गरेको देखाइएको छ । तर अहिलेसम्म पनि मारिएका बन्धकहरु कहाँका हुन् र कति संख्यामा थिए भन्ने एकिन पुष्टि हुन सकेको छैन।

सार्वजनिक भिडियोमा भने ती बन्धकलार्इ कि इस्लाम कबुल गर्न कि त मर्न तयार हुन दबाब आइएसका लडाकूले दिएको देखाइएको छ ।