बर्षकै पवित्र दिन अक्षय तृतीया

935 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

downloadकाठमाडौ,- आज अक्षय तृतीया, जौको सातु र सर्वत दान सहित मनाईंदैछ । आजलाई बर्षकै पवित्र दिनको रुपमा लिईन्छ । कतै–कतै सातु र सर्बत सहित खुँदो तथा मह पनि खाने चलन छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीयाका बेला सेवन गरिने यी खाद्यले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने छ ।  शास्त्रीय विधानअनुसार आज दियो, कलश र गणेशलाई पूजी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ । हिन्दू शास्त्रका अनुसार वर्षभरमा कयौं विशेष योग पर्छन् । तीमध्ये एउटा महायोगको नाम हो, अक्षय तृतीया । यो महायोग वर्षमा एक पटक पर्दछ । यस दिन गरिएका सत्कर्म अक्षय पुण्य प्राप्त हुने विश्वास गरिन्छ । वर्षको सबैभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘विघ्नविनाशक’ पनि भनिन्छ । हिन्दू काल गणनाअनुसार चार स्वयंसिद्ध मुहूर्त छन् । तीमध्ये एक हो, अक्षय तृतीया । अक्षयको अर्थ हुन्छ, ‘कहिल्यै क्षय नभएर स्थायी रहोस् ।’ पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले आजका दिनलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका १० अवतारमध्ये एक मानिन्छ । परशुराम चिरञ्जीवी छन् । उनको आयुको क्षय भएन । त्यसैले यस तिथिलाई चिरञ्जीवी तिथि पनि भनिन्छ । चार युगमा सत्य र त्रेता प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यस कारण यो तिथिलाई ‘युगादि तिथि’ पनि भनिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात् अक्षय तृतीया तिथिकै दिन खोलिन्छ । वेदव्यासले समेत यसै दिन महाभारत रचना प्रारम्भ गरेका थिए ।आज खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ । आज बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्तादान गर्ने चलन पनि छ । ज्योतिषहरुका अनुसार आज गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक’ दिन पनि भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ । चार युगमा सत्य र त्रेता यसै तृतीया तिथिबाट शुरु भएको मानिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ । बेदव्यासले समेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको मानिन्छ । आज रसुवाको गोसाईकुण्डमा ठूलो मेला लाग्ने गर्दछ ।