झ्याप्लेखोलामा भारतीय बस दुर्घटना, १२ जनाको मृत्यु

659 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 नौविसे- त्रिभुवन राजपथमा पर्ने धादिङ जिल्लाको नौविसे गाविसको वडा नम्बर ५ झ्याप्लेखोलामा भारतीय पर्यटक चढेको बस पल्टिंदा १२ जनाको घटनास्थलमानै ज्यान गएको छ । दुर्घटनामा परि ४५ जना भन्दा बढी घाईते भएका छन ।

काठमाडौंबाट पशुपति दर्शन गरेर गोरखपुर जाँदै गरेको भारतीय नम्बरको बस नागढुंगाबाट केही अगाडि झ्याप्लेखोलामा पुगेपछि सडकबाट झण्डै १०० मिटर तल खसेको हो ।

बसमा ५१ जना यात्रु थिए । उद्दार कार्य चलिरहेको छ । सशस्त्र प्रहरीको डीएपीको नेतृत्वमा टोली खटिएको छ भने बलम्बुमा भएको तालिमप्राप्त टोली पनि पुगेको छ । उद्दारमा अहिले सशस्त्र प्रहरीको १०७ जनाको टोली खटिएको छ ।मृत्यु हुनेहरुमा ५ महिला र ७ जना पुरुष रहेपनि उनिहरुको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ । दुर्घटनामा परेकाहरुको उद्धार गरी उनिहरुलाई उपचारका लागि काठमाण्डौं तर्फ पठाईएको छ ।