जाजरकोटमा मृत्यु हुनेका संख्या ३० पुग्यो मुख्य सचिव जाजरकोटमा

475 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

वैशाख १० – चैत्र १८ देखि जाजरकोटमा फैलिएको महामारीका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । बिहीबार मौसमी फ्लूका कारण ढिमे– ५ खुर्पा का ५५ वर्षीय चमारे रावल र अछानी ३ की ५६ वर्षीय अम्वा जैसीको मृत्यु भए पछि मृत्यु हुनेको संख्या ३० पुगेको हो ।

पाँच दिनदेखि रुघाखोकी र ज्वरो आउने समस्याले पीडित भएका रावल र जैसीको उपचार अभावमा बिहीबार मृत्यु भएको स्थानीय कालीप्रसाद थापाले बताए । महामारीवाट निकै प्रभावित पैंक गाविससंग सिमाना जोडिएको ढिमेमा सरेको महामारीका कारण सयौं विरामीको उपचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस पछि महामारीवाट मर्नेको संख्या ३० पुगेको छ । गत हप्ता देखि ढिमेमा पनि महामारीको रुप देखिएको हो ।

यसैबीच महामारी नियन्त्रणका लागि सरकारी तथा अन्य निकायको पहलमा प्रभावित १५ गाविसमा तीन दर्जन वढी डाक्टरहरुले ६ हजार वढीको उपचार गरेका छन्। उपचारको क्रम जारी रहेको र छिट्टै महामारी नियन्त्रणमा आउने सरकारी अधिकारीहरुले दावी गरेका छन् । विहीवार मुख्य सचिव लिलामणि पौडेल जाजरकोट पुगेका छन् । स्रोतः रातोपाटी डटकम