अर्काकी स्वास्नी किन ताक्छन् पुरुषहरु ? थाहा पाउनुहोस् –

807 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 Parapurush-Sex-Love-Jodi-300x211यौन शब्दको हाम्रो समाजमा खुलेर प्रयोग नगरिएपनि सम्पर्क राख्ने कुरामा अगाडि छन् । हाम्रो समाज मात्रै होइन, विश्वका विभिन्न समाजमा पुरुषले युवती भन्दा परस्त्रीसँग सम्भोग गर्न मनपराउँछन् । यो मनोवैज्ञानिक स्वाभाव पनि हो ।

तर, परस्त्रीले पुरुषलाई कसरी आकर्षित गर्छ भन्ने कुरामा भरपर्छ । कुनै कुनै परस्त्री यस्ता हुन्छन् । जसलाई देख्नेवित्तिकै पुरुषको उत्तेजना १८० डिग्रीसम्म पुग्छ । परस्त्रीसँग आकर्षित हुने कारणहरु यसप्रकार छन् :

जहिले पनि यौवनपूर्ण अवस्थालाई महिलाको आकर्षणसँग जोडिन्छ । पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश तथा कसिलो शरीर भएका महिलालाई आकर्षक मानिन्छ ।

त्यसैगरी विकसित स्तन पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ । विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ । प्रायः सबै समाजमा महिलाको आकर्षणमा कम्मर–नितम्ब अनुपातको महत्त्वपूर्ण भूमिका देखिन्छ ।

स्तन महिलाको अङ्ग भए पनि पुरुषले पनि यौन आनन्द प्राप्त गर्ने भएकाले नै होला, उनीहरू यसप्रति आकषिर्त हुन्छन् । स्तनलाई महिलाको सुन्दरतासँग जोडिन्छ । प्रायः पुरुषले आफूभन्दा केही होचा महिलालाई रुचाएको पाइन्छ ।

केही अपवादलाई छोडेर प्रायः व्यक्तिले आफ्नो अनुहारसँग मिल्दोजुल्दो अनुहारमा विशेष आकर्षक पाउन सक्छ । दायाँबायाँ मिलेको हुनुका साथै अनुहारको माथिल्लो भाग (निधार भएको भाग), मध्यभाग (आँखा, नाक, गाला) अनि तल्लो भाग (ओठ, चिउँडो) समान अनुपातको हुनुलाई सुन्दर अनुहार मानिन्छ । सम्भवत : तपाईं आकषिर्त हुनुभएको महिलामा पनि यी कुरा पक्कै होलान् ।

विवाहित महिलाप्रति किन आकर्षित हुन्छन् पुरुष ?

कतिपय अविवाहित महिला विवाहित पुरुषप्रति आकषिर्त भएजस्तै अविवाहित पुरुषहरू पनि विवाहित महिलाप्रति आकषिर्त हुन्छन् । पक्का भन्न नसकिए पनि यसका केही सम्भावित कारणमध्ये केहीको चर्चा गरौं ।

पुरुष स्वभावले नै यौनसम्पर्क राख्न लालायित हुन्छ । यौनसम्पर्कका लागि यौन साथीसँगको सम्बन्धप्रति प्रतिबद्ध हुनुपर्ने हुन्छ । विवाहित महिलासँगको सम्बन्धमा प्रतिबद्धताको आवश्यकता नपर्ने हुनाले सजिलो हुन्छ ।

अर्को तर्क पुरुष स्वभावले नै चुनौतीपूर्ण कार्य गर्न चाहन्छ र विवाहित महिलासँगको सम्बन्धमा एक किसिमको विजयबोध गर्छ ।

त्यसैगरी विवाहित महिला अनुभवी हुने आफ्ना चाहना स्पष्ट रूपमा भन्ने अनि नयाँ प्रयोग गर्न सजिलै मान्ने, उनीहरूमा भय कम हुने जस्ता कुरा भएकाले पनि अविवाहित पुरुषहरू उनीहरूप्रति आकषिर्त हुन्छन् ।

विवाहित महिलाहरू यस्ता सम्बन्धका सन्दर्भमा कम तनावमा हुन्छन्, किनभने उनीहरू भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरूका लागि खर्च गर्नुपर्ने बाध्यता पनि हुँदैन ।

विवाहित महिलाले त्यस्ता पुरुषसँग सामाजिक, आर्थिक भार उठाउन सहयोग गरोस् भन्ने अपेक्षा गरेका हुँदैनन् र सम्बन्धमा प्रतिबद्धता पनि खोजेका हुँदैनन् । उनीहरूको उद्देश्य यौन सम्पर्क राख्नु मात्र हुन्छ ।

यस्तो समस्याबाट छुटकारा पाउने उपाय :

तपाईं अहिले किशोरावस्थामै हुनुहुन्छ । यो उमेरमा यौन भावनाको विकाससँगै विभिन्न किसिमका यौन परिकल्पना पनि गरिन्छ । यसै क्रममा विवाहित महिलाप्रति यौन रूपमा आकषिर्त हुन पुगिन्छ ।

तपाईं विवाहित महिलाप्रति आकषिर्त भए पनि उमेरको हकमा अझै पनि बढ्ने क्रममै हुनुहुन्छ । उपरोक्त कुराका आधारमा तपाईंले आफू यसरी विवाहित महिलाप्रति आकषिर्त भएको कुरालाई विश्लेषण गरेर कारण पत्ता लगाउनुभयो भने समाधानमा सहयोग पुग्न सक्छ ।

माथि गरिएका आकर्षणका कुरा हुँदाहुँदै पनि विवाहित व्यक्तिका लागि यो विवाहेत्तर सम्बन्ध हो । यसबाट श्रीमानलाई धोका दिएको नै मानिन्छ र सबन्ध–विच्छेदसम्म पनि हुन सक्छ । एजेन्सी

– See more at: http://dainiknepal.com/2015/53666.html#sthash.ZeGwDGbW.dpuf