गैर सरकारी संस्था महासंघ जिल्ला शाखा धादिङको प्रेस बिज्ञप्ती

701 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महासंघको तर्फबाट   यही २०७२ साल बैशाख १२ गतेका दिन आएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने नेपाली एवं विदेशी नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । राष्ट्रिय विपतको यस समयमा सम्पूर्ण शोकाकूल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै  सम्पूर्ण घाइतेहरुको यथाशिघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दछु । सम्पूर्ण  गैसस, सामाजिक विकास स्वयंसेवी संस्थाहरुको तर्फबाट गम्भीर दुःख व्यक्त गर्दछु ।   यही २०७२ साल बैशाख १२ गतेका दिन आएको शक्तिशाली भूकम्प पछि खोज तथा उद्दारमा र उपचार लगायत कार्यमा समन्वयात्मक रुपमा कार्य गर्ने कर्णेल,प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख र राजनैतिक दलका प्रमुख,सभाषद् तथा सामाजिक संघ संस्थाहरु एवं संचारकर्मीहरुलाई हार्दिक धन्यावाद दिन चाहन्छु । यस विपतको घडिमा सम्पूर्ण स्रोत साधनहरुलाई परिचालन गर्न जिल्ला जिल्लामा आवश्यक मानवीय सहयोग संकलन अभियानहरु सञ्चालन गर्न र केन्द्रसँग आवश्यक सम्पर्क गरी अति आवश्यक दुर्गम क्षेत्रमा सम्पूर्ण ध्यान केन्द्रित गर्न हार्दिक आह्वान गर्दछु । साथै, संकलित सहयोगलाई प्रभावकारी रुपमा वितरण गर्न अति प्रभावित घरपरिवारलाई लक्षित गरी वितरण गर्न आवश्यकता अनुसार समन्वयात्मक रुपमा अगाडि बढ्न समेत हार्दिक अपिल गर्दछु । राष्ट्रिय विपतको यस अवस्थामा नेपालमा कार्यरत नेपालीको विकास चाहने, मानवीय सेवामा  समर्पित सम्पूर्ण संघ संस्था, व्यक्ति एवं समुदायलाई आ–आफ्नो स्थानबाट उद्दार, स्वास्थ्य उपचार, अल्पकालिन एवं दीर्घकालिन सहयोगका लागि सम्पूर्ण क्षमताका साथ परिचालित हुन हार्दिक आह्वान गर्दछु । साथै, हालसम्म भएका योगदान तथा क्रियाशीलताको लागि हार्दिक धन्यवाद समेत दिन चाहन्छु ।  भूकम्प पिडीत सबै महानुभावलाई संयम हुन र धैर्य गर्न अनुरोध गर्न चाहन्छु । पीडितलाई राहत सामाग्री तथा खाद्य सामाग्री संकलन तथा वितरण कार्य तदरुकताका साथ भई रहेको छ । जिल्लामा क्रियासिल तथा अन्य सहयोगी संघ संस्था तथा व्यक्तिहरु यस बिषम परिस्थितिमा माववीय तथा जिन्सी तथा आर्थिक सहयोग गरी दिनु हुन अनुरोध गर्दछु ।
दामोदर अर्याल
अध्यक्ष
गैर सरकारी संस्था महासंघ जिल्ला शाखा  धादिङ