भूकम्मको त्रासदीलाई कमी गर्न सहयोगी बन्दै -बाल मैत्री स्थान 

830 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


11011566_10203067016316656_3907515412897621525_nबैशाख १२ गते गएको शाक्तिशालि भूकम्मको कारण बिद्यालयहरु सहित धेरै धनजनको क्षति भए सँगै बलबालिकाहरुलाई पनि उज्यालो भविष्य चिरिएको छ । शाक्तिशालि भूकम्मको कारण भएको क्षति पछिका चिरिएरको बिद्यालय भवनबाट कसरी जिन्दगीको नयाँ सपना पुरा गर्ने भन्ने चिन्ता भएको पाईएको छ । 
शाक्तिशालि भूकम्मको कारण भएको बालबालिकाहरुमा परेको असरलाई कमी गर्न नीलकण्ठ नगरपालिका ३ सुगमटोलमा बाल मैत्री स्थान संचालनमा आएको छ । घरको क्षति भई त्रिपालमा बस्दै आएका अभिभावकहरुको बालालिकाहरुलाई लक्षित गरी बालमैत्री स्थानको स्थापना गरी बालबालिकाहरु र उनीहरुको अभिभावकहरुको दुखमा सहभागीता जनाउन बालबालिकाहरुलाई अध्ययन गर्ने र खेलकुदका सामाग्री सहित बाल मैत्री स्थान शुरुवात गरिएको प्रयास नेपाल धादिङका उपाध्यक्ष सबिता अर्यालले बताउनु भयो ।
यूनिसेफको प्राविधिक सहयोगमा विश्व शिक्षा र स्थानीय गैर सरकारी संस्था प्रयास नेपाल धादिङले भूकम्म प्रभावित बालबालिकाहरुलाई खालि समय व्यवस्थापन तथा शिक्षण सिकाईको लागि बाल मैत्री स्थान संचालनमा ल्याएको हो ।
बाल मैत्री स्थान स्थापना पछि बालबालिकाहरु र अभिभावकहरुले खुशी व्यक्त गरेका छन् । बालबालिकाहरुले खेदौना सहितको अध्ययन सामाग्री प्रयोग गर्दै दिन बिताउन पाउँदा खुशी भएका हुन । बाल मैत्री स्थानमा ६६ जना बालबालिकाहरुको सहभागीता रहेको छ । बालबालिकाहरुलाई यस स्थानमा राख्न पाए पछि अभिभावकहरु प्नि काममा जान पाईएवको बाल मैत्री स्थानमा बालबालिका ल्याउन अभिभावकको भनाई रहेको छ ।