खण्डहर वन्यो रि गाविसको सुन्दर वस्ति ताजिम्राङ

969 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20150422_183503केशव अधिकारी 

ताजिम्राङ (रिगाँउ, धादिङ), २८ वैशाख – १५ दिन अघिसम्म दुर्गम गाँउ मध्ये जिल्लाकै सुन्दर र आर्कषण वस्तिका रुपमा प्रख्यात रहेको रिगाँउ गाँउ विकास समितिको ताजिम्राङ यतिबेला भग्नावशेषमा परिणत भएको छ । ‘वाक्लो वस्ती , चिटिक्क परिएका घर, सफा सुग्घर पिंडी आंगन र चिप्लेटी ढुंगा विछ्याइएका वाटो’ यहाँको पहिचान बनेको थियो । महाभुकम्पले हेर्दाहेर्दै गाउंनै ध्वस्त पारेपछि धादिङको उत्तरी हिमाली क्षेत्रको अति विकटमा रहेको रिगाँउ गाँउ विकास समितिे वडा नम्बर ७ ताजिम्राङको पहिचान त गुम्यो नै गाँउवासीको प्राण पनि गम्ने अवस्थामा पुगेकोे छ ।
तामाङ र दलित समुदाय गरी १ सय ३५ घर परिवारको वसोबास रहेको ताजिम्राङमा  गत वैशाख १२  मध्य दिनमा गएको महाभुकम्पले सबै घर ध्वस्त पारिदिएपछि गाउंलेहरु पुरानो बस्ति छाडेर स्थानीय सामुदायिक वनमा पर्ने  ग्याम्राचेतको चौरमा त्रिपाल राखेर अस्थायी शिविर खडा गरी बस्दै आईरहेका छन । भत्किन बांकी  रहेका घरका गाह्रो पनि  काँक्रोको चिरा पारे जस्तो चिरिएको छ  । घर भित्र बस्नै नसक्ने अवस्थामा पुगेको छ । हेर्दाहेर्दै लुटिएको खुसीमा ताजिम्राङका तीन जनाले छिनभरमै ज्यान गएको थिए । महाभुकम्प गएको समयमा भौतिक संरचना भत्केका कारण यस गाँउ विकास समितिमा ७२ जनाले ज्यान गुमाएका छन् । यसै गाविसकै वडा नम्बर ९ विचेतकी ७० बर्षिया तेकतेकमाया तामाङ भुकम्प आउनु अघि नजिकैको जंगलमा बाख्रा चराउन गएकी थिईन । उनी अहिले सम्म्म परिवार र आफन्तको सम्पर्कमा आएकी छैन ।
tajimrang pahileभुकम्पले गाउँका कारण गाँउका  सबैजसो घर भत्केका र केही घर ठाडै रहेपनि बस्नै नहुने चिरिउकाले महाभूकम्प सँगै गाउँ छाडेर वनमा बस्दै आईरहेका ताजिम्राङबासीले १५ दिन वितिसक्दा समेत राहत नपाएको बताएकाछन् । अन्नपात र लत्तकपडा, अलिअलि भएको नगद तथा गरगहना समेत घरभत्कदा पुरियो । दुई हप्ता देखि जंगलमा पाईने कन्दमुल र पानी अमला खाएर बस्दै आईरहेका छौं ।  हामीलाई पहिला पेट भर्ने चीज र घामपानीबाट छाना चाहिन्छ स्थानीयले वताए ।
विस्थापित गाउँका १ सय ३५ घर परिवार अहिले सम्म गाउँमा  २९ थान त्रिपाल वाहेक अरु केही सहयोग नुपगेको र अपुग हुने भएपछि त्रिपाल पनि बाँड्न नसकिएको गाँंलेहरुले वताए । बस्तिमा खानेकुरा र खानेपानी सँगै स्वास्थ्य समस्या पनि देखिन थालेको छ । हिमाली क्षेत्र भएकाले अहिले पनि चिसो हुने भएकाले बालबालिका, वृद्धवृद्धा र अशक्त असहायहरु निकै कठिनाइ भएकोे स्थानीय बहादुर तामाङले बताए ।
राहतको खोजी गर्दै सदरमुकाम आईपुग्दा पनि गाविस सचिव भेट्न नसकेर राहत लिएर गाउँ जान नसकिएको गाउँलेहरुले बताएका छन । रि गाविसका सचिव ठाकुर सिम्खडाले गुम्दी गाविसको सचिवको जिम्मेवारी पनि सम्हाल्दै आईरहेका छन ।  सिम्खडा गुम्दी गाविसको स्थानीयवासिन्दा समेत भएकाले उनको प्राथमिकतामा रि भन्दा गुम्दी पहिला पर्न गएको ताजिम्राङका सूर्यमान विकको ठम्याई छ ।
20150424_152209सदरमुकाम धादिङबेसीबाट मोटरवाटो हुंदै सामान लैजांदा दार्खा गाविसको घ्याङसाङ सम्म जसोतसो मोटर चलेपनि घ्याङसाङबाट खच्चडलाई बोकाएर या भरीया मार्फत सामान गाउँ लानु पर्ने वाध्यता रहेको छ । मोटर पुग्ने स्थानवाट वोकाएर लगेको सामान गाउं पुग्न दुई दिन लाग्ने भएकाले ताजिम्राङका लागि चाहिने खाद्यान्न तथा अन्य राहत सामाग्री हेलिकप्टरबाट गाउँ लगिदिन स्थानीयले आग्रह गरेपनि आंफुहरुको माग कसैले नसुनेको उनिहरुको गुनासो छ ।